संबिधान निर्माण गर्न दलहरुलाई चार महिना प्रयाप्त : सभामुख
१६ माघ, काठमाडौ । संविधानसभ अध्यक्ष सुवासचन्द्र नेम्वाङले जेठ १४ गतेभित्र शान्ति प्रक्रिया टुंग्याई संविधान जारी गर्न समय प्रयाप्त भएको बताउनुभएको छ ।
काठमाडौंमा आज भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेम्वाङले दलहरुलाई संविधान लेखन र शान्ति प्रक्रिया टुंग्याउने भन्दा अन्य विकल्प नखोज्नसमेत आग्रह गर्नुभयो ।
लगातार अवरुद्ध संसद सुचारु गर्दै अबरुद्ध शान्तिप्रक्रियालाई अघि बढाउने विषयमा दलहरुसंग छलफल भइरहेकोले दलहरु निष्कर्षमा पुग्नेमा आफू बिशस्त रहेको बताउनुभयो ।
सभाध्यक्ष नेम्वाङले माओवादी जनसेनाको बहिर्गमन र समायोजन प्रक्रिया अवरुद्ध हुनुले जनतामा नकरात्मक सन्देश गएको भन्दै गम्भिर हुन सरकारलाई आग्रह पनि गर्नुभयो ।
संविधान लेखनकार्यमा पनि पनि दलहरुको आ आफ्नै अडानका कारण खासै प्रगति हुन नसकेको भन्दै अध्यक्ष नेम्वाङले बांकी रहेको चार महिनाभित्रै नयाँ संविधान जारी गर्नुको कुनै विकल्प नरहेको बताउनुभयो ।
थप हेडलाइनहरु
- संविधानका विवाद मिलाउने समय सकिएपनि विवाद सल्झिएन
- भ्रष्टाचारी गुप्ताको सजाय स्थगित, भ्रष्टमन्त्री गुप्ता जेलमा वाग्लेसंगै
- दुर्घटनामा गंभीर घाइते सभाषद काफ्लेको न्युरोमा उपचार हुंदै
- गुप्ता जेल गएपछि फोरम गणतान्त्रिक नेतृत्व बिहिन
- प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भेटवार्ता
- चीन र जापानका दुइ मन्त्री सहित उच्चस्तरीय नेता नेपालमा
- के को खुसी, के को दुखी, लोडिसेडिङ भोलिबाट १० घन्टा मात्रै
- आज शेर्पाहरुको २१३९ औ ग्याल्पो ल्होसार
- युवा हत्याको आरोपमा हवल्दार सहित ५ प्रहरी निलम्बित
- भोजपुरमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु

