गीता हत्या योजनाबद्ध तबरबाट (रञ्जन कोइरालाको बयान सहित)

१६ माघ, काठमाडौ ।  कर्तब्य ज्यान मुद्दाका अभियुक्त सशस्त्र प्रहरीका निलम्बित नायब महानिरीक्षक रञ्जन कोईरालाले पत्नी गीतको योजनाबद्ध ढंगले हत्या गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयले पत्रकार सम्मेलन गरी अहिलेसम्म प्राप्त प्रमाण अनुसार घटना भवितव्य नभएको स्पष्ट पारेको हो ।

आयुक्त कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक रवि श्रेष्ठका अनुसार १९ वर्ष अघिदेखिको विवादले हत्याको रुप लिएको बताउनुभयो । प्रहरीले गैरीगाउँमा कोईरालाको घर खानतलासी गर्दा प्वाइन्ट टु टु म्याग्नेम हतियार, त्यसको गोली ३० थान, काठको बीँड भएको कटुवा पेस्तोल एकथान, पेस्तोलमा लाग्ने गोली ५ थान, अरु ९७ राउण्ड गोली बरामद गरेको जनाएको छ ।

हत्यामा गोलीको प्रयोग भए–नभएको पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने श्रेष्ठले बताउनुभयो ।

अनुसन्धान अनुसार गीताको हत्या कोईराला एक्लैको गरेको पाईएको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठले बताउनुभयो । पुष २७ गते ढकालको हत्या गरी कोईरालाले मकवानपुरको टिष्टुङ्ग ८ मेत्राङ्गमा लगेर लाश जलाएका थिए । कोईराला विरुद्ध कर्तब्य ज्यान र हतियार तथा खरखजाना अभियोगमा मुद्दा चलाईएको छ ।

गीताका पिता हरेराम ढकालले माघ १ प्रहरीलाई खबर गरेका थिए । ढकालले मिति माघ ८ गते रन्जन कोईरालाले नै गीताको हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्धामा कारवाही माग गर्दै जाहेरी दिएका थिए । सोही दिन प्रहरीले रञ्जन कोईरालाई बा ८ च ५४०८ नम्बरको गाडी सहित काठमाडौंको नागढुङ्गाबाट पक्राउ गरेको थियो । कोइरालाले श्रीमतीको लाशलाई कम्बलले बेरी गाडीमा हालेको र लाश मकवानपुरको टिष्टुङ्गमा लगि जलाएको भनी माघ १५ गते बयान दिएका थिए ।

यस्तो भने कोइरालाले:

श्रीमती गिता ढकालले मलाई फोन गरी बोलाएकोले निज बस्ने गरको घरमा गई भेटहुदा मलाई व्यापार गर्नुछ चार पाच लाख रुपैया दिनु पर्‍यो भनेकाले त्यतीको पैशा मसँग छैन भनि घर बाहिर निस्कन खोज्दा केही विवाद भई हातपात समेत हुदा निज श्रीमती कोठको भित्तामा ठोकीन पुगी लडेकोले म बाहिर निस्की पुनः भित्र गई हेर्दा बोलाउदा चलाउदा नबोलेको र नाटक गरेकोले होला भनि सोची केही बेर सोही घरमा बसी पछि निजलाई उठाउन खोज्दा नउठी कुनै प्रतिक्रिया नजनाएकोले मरि सकेको रहेछ भनि कोठामा चावी लगाई बाहिर निस्की महाराजगन्जमा आई पुगी चालकलाई बोलाई सरकारी गाडी ल्याएकोले चालकलाई सोही स्थानमा छोडी उक्त गाडी मैले हाकी घरमा लगी श्रीमतीको लाशलाई कम्बलले बेरी गाडीमा हाली ढोका बन्द गरी सो लाशलाई जलाई नष्ट गर्न मकवानपुरको टिष्टुङ्ग गा।वि।स मेत्राङ्ग भन्ने ठाउँमा लगी जलाएको हो ।

थप हेडलाइनहरु

 

प्रतिक्रिया लेख्नुहोस्

*