‘जनसरकारको निर्णयमा प्रतिपक्ष पनि सहमत’
१६ माघ, गुल्मी । जनयुद्धको समयमा माओवादी जनसरकारले गरेका निर्णय कार्यान्यन गर्न प्रतिपक्ष दलहरु सहमति नजिक पुग्न लागेका खुलासा माओवादी नेताले गुर्नभएको छ ।
क्रान्तीकारी पत्रकार संघ गुल्मीले आज विहान तम्घासमा गरेको पत्रकार सम्मेलनमा बोल्दै एकीकृत नेकपा माओबादीका नेता हेमन्तप्रकाश ओलीले जनसत्ताले गरेका कामहरुलाई बैधानिकता दिन प्रतिपक्ष दलसंगको संवाद सकारात्मक रुपमा अघि बढेको दाबी गर्नुभयो ।
ओलीले अन्य राजनीतिक दलका नेताहरुले बाहिर जे जस्तो विरोधको आवाज आएपनि भित्री रुपमा सहमतीमा आइसकेको दाबी गर्नुभयो ।
आन्तरिक प्रशिक्षण दिन गुल्मी आउनुभएका ओलीले केहि दिनमै राजनीतिक दलहरुकाबीच सहमति हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले संसद बैठक अवरुद्ध गरिरहेका प्रतिपक्षी दललाई शान्ती र संविधानलाई अवरोध गर्न खोजेको आरोप समेत लगाउनुभयो ।
थप हेडलाइनहरु
- संविधानका विवाद मिलाउने समय सकिएपनि विवाद सल्झिएन
- भ्रष्टाचारी गुप्ताको सजाय स्थगित, भ्रष्टमन्त्री गुप्ता जेलमा वाग्लेसंगै
- दुर्घटनामा गंभीर घाइते सभाषद काफ्लेको न्युरोमा उपचार हुंदै
- गुप्ता जेल गएपछि फोरम गणतान्त्रिक नेतृत्व बिहिन
- प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भेटवार्ता
- चीन र जापानका दुइ मन्त्री सहित उच्चस्तरीय नेता नेपालमा
- के को खुसी, के को दुखी, लोडिसेडिङ भोलिबाट १० घन्टा मात्रै
- आज शेर्पाहरुको २१३९ औ ग्याल्पो ल्होसार
- युवा हत्याको आरोपमा हवल्दार सहित ५ प्रहरी निलम्बित
- भोजपुरमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु

