सूचनाको हकमा सरकारले अंकुश नलगाएको प्रधानमन्त्रीको स्पष्टोक्ति

१६ माघ, बुटबल । एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारलेनै छिट्टै राष्ट्रिय सहमतिको सरकारको रुप लिने बताउनुभएको छ ।

रुपन्देहीको बुटवलमा अबध राज्य समिति र प्रवासी समितिको संयुक्त अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउन शीर्ष नेताहरुकै नेतृत्व गरेर आउनुभएका प्रचण्डले सरकारको नेतृत्वदायी भूमिका नभएर राष्ट्रिय सरकारको मात्र रुप फेर्न लागेको स्पष्टोक्ति पार्नुभयो ।

उहाँले राष्ट्रिय सरकार गठनका लागि दलहरुबीच घनिभूत छलफल भैरहेको बताउदै  किसानहरुको वैकल्पिक व्यवस्था गरे जनसत्ताका निर्णयलाई बैधानिकता दिने सरकारको निर्णयमा पुनविचार गर्न सकिने आश्वासन दिनुभयो ।

पार्टी उपाध्यक्ष तथा प्रधानमन्त्री डा बाबुराम भट्टराईले सूचनाको केही बुँदाहरुमा सरकारले प्रतिबन्ध लगाएको भन्ने समाचारमा आफूलाई केही थाहा नभएको यस बारेमा बुझिहेका बताउनुभयो । डा भट्टराईले सरकारले सूचनाको हकमा कुनै अंकुश लगाउन नचाहेको स्पष्ट पार्दै यस बारेमा केही दिनमै सरकारको तर्फबाट औपचारिक धाररणा सार्वजनिक गर्ने बताउनुभयो ।

उहाँले आफ्नो नेतृत्वको सरकार अहिलेपनि गठन प्रक्रियाको उद्देष्य भन्दा बिमुख नरहेको र जनतालाई राहत, रोजगार, समृद्धि र सुशासनमा ध्यानबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा मोहन बैद्य किरणले राष्ट्रिय सरकार गठनको विषयलाई बर्तमान सरकारको बिकल्पको रुपमा नहेर्न आग्रह गर्नुभयो । किरणले आफ्नो पार्टी एक लम्बे सरकारको पक्षमा अडिग रहेकाले यही सरकारले संबिधान निर्माण जारी र त्यपछि चुनाव समेत गराएर पछि मात्र बिघटनको प्रक्रियामा जाने महन्वकांक्षा सुनाउनु भयो ।

उहाँले सरकारमा रहेको समयमा केही रुपमा भएपनि डाडुपन्यु आफ्नो हातमा रहने भएकाले सत्ताकै लोभ नभइ सरकारमा माओवादी रहनु भनेको जनसंबिधान निर्माणको बिन्दुमा रहेको बुझ्न जनतालाई अपिल गर्नुभयो ।

थप हेडलाइनहरु

 

प्रतिक्रिया लेख्नुहोस्

*