मुल्यबृद्धि र लोडसेडिङ भयोभन्दै जिल्ला वन्द

१७ माघ, दाङ । पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्यबृद्धि र लोडसेडिङको  बिरोधमा जिल्ला युबासंजाल दाङले आज एक दिने दाङ वन्द गरेको छ । दाङमा लोडसेडिङ हटाउन सकिने सम्भावना भएतापनि सम्वन्धित निकाय मौन रहेको र सरकारले सर्वसाधारणको ढाडै सेक्नगरी पेट्रोलिय पदार्थमा भएको मुल्यवृद्धि गरेको विरोधमा संजांलले आज दाङ वन्द गरिएको जानकारी दिएको छ ।

दाङमा जोडिएको प्युठानको झुम्रुकको विद्युत लाइन एक नेताको पहलमा अर्घाखाची जिल्लामा सारिएकाले पुनह दाङमा जोड्नु पर्ने र भारत देखी जोडिएको टनकपुर विद्युत लाइन वाकेको कोहलपृुरमा काटिएले पुनह दाङमा जोड्नु पर्ने लगाएत माग पनि सञ्जालले अघिसारेको छ । युवा सञ्जाल दाङले वन्द कारण आज विहान देखी दाङको जनजिवन पुर्णरुपमा प्रभावित भएको छ । दाङवाट सञ्चालन हुने लामो तथा छोटा कुनै पनि यातायातका सवारी साधन चल्न सकेका छैनन भने दाङका उद्योग ,कलकारखाना, व्यापार ,शैक्षिक संस्था लगाएत सवै ठप्प रहेका छन । यसै विच आज विहान ६ वजेतिर दाङको लमहीमा रहेको नेपालबिधुत प्राधिकरण शाखा कार्यालयमा तालावन्दी समेत गरेको युवा सञ्जाल दाङका अध्यक्ष बिष्णुकुमार देबकोटाले जानकारी दिनुभभएको छ ।

साथै दाङको घोराही र तुलसीपुरको नेपालबिधुत प्राधिकरण कार्यालय तालाबन्दी कार्यक्रम रहेको सञ्जालले जानकारी दिएको छ । पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्यबृद्धि र अत्याधिक लोडसेडिङको  बिरोधमा जिल्ला युबासंजाल दाङले गरेको एक दिने बन्दलाई दाङका काग्रेसको नेपाल विद्यार्थी संघ र एमालेको अनेरास्ववियुले पनि संयुक्तरुपमा ऐक्यबद्धता जनाएका छन ।

थप हेडलाइनहरु

 

प्रतिक्रिया लेख्नुहोस्

*