स्वेच्छिक अवकास रोजेका जनसेना आजबाट समायोजनमा

१७ माघ, काठमाडौ  । स्वेच्छिक अवकास रोजेका माओवादी जनसेना विदाई प्रक्रिया आजवाट थालिने भएको छ । गत आइतबार बसेको प्रधानमन्त्री डा.बाबुराम भट्टराई सहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनसेना कमाण्डरहरुका विचमा अवकास रोजेका लडाकुलाई घरफर्काउने विषयमा सहमती भएको थियो ।
यस्तै माओवादी सेनाको रेखदेख, समायोजन तथा पुर्नस्थापना सम्बन्धी विशेष समिति अन्तर्गतको सचिवालयले पनि वर्गीकरणमा स्वेच्छिक अवकास रोजेका जनसेना बिदाई प्रक्रिया थाल्ने निर्णय गरेको थियो । जनसेना पुर्नवर्गीकरणका क्रममा करिब ७ हजार जनसेनाले स्वेच्छिक अवकास रोजेका छन ।

स्वेच्छिक अवकास रोजेका जनसेनालाई पद हेरेर ५ देखी ८ लाख रुपैयां दिने दलहरुविच सहमती भएको छ । स्वेच्छिक अवकास तथा पुर्नस्थापनाको विकल्प रोज्ने जनसेनाका नाममा सरकारले अर्थ मन्त्रालय मार्फत २ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।

थप हेडलाइनहरु

 

प्रतिक्रिया लेख्नुहोस्

*