बीबीसी लेख्छ ‘प्रचण्ड नेपालका पूर्व राष्ट्रपति’
नेपालको राष्ट्रपति डा रामवरण यादव हुन र उनीनै नेपालको राष्ट्रपति पहिलो । तर, विश्वभर पहुँचका साथै सहि सूचना र समाचार दिने संस्थाको रुपमा आफूलाई दाबी गर्दै पश्चिमा शैलीको समाचार नेपाली माथि थुपार्ने बिबिसीले भने अनाबश्यक रुपमा माअओवादी अध्यक्षको खण्डन गर्दै नेपालको पूर्व राष्ट्रपति क.प्रचण्ड भनेर समाचार प्रशारण गरेको छ ।
संसदको बहुमतबाट लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रुपमा डा रामवरण यादव चुनिएका सबैलाई थाहा छ । नेपालका राष्ट्रपति भनेर गुगल र विकिपिडियामा खोजे पनि सजिलै नेपालको बारेमा जान्न सकिन्छ । तर, सोमवार, ३० जनवरी, २०१२ को साझ ५ बजेर ५४ मिनेटमा बिबिसीको हिन्दी अनलाइन्मा अपडेट गरेको समाचारमा भने प्रचण्डलाई पूर्व राष्टपति भनेर क्याप्सन लेख्दै समाचार प्रकाशन गरेको छ ।
बिबिसीले अनाबश्यक रुपमा कलम चलाउदैँ माओवादी अध्यक्ष प्रचण्डको अहिलेको घरलाई शंकाको रुपमा ब्याख्या गर्दै उसले ‘प्रचंड का शाही घर सवालों के घेरे में’ भन्ने शिर्षकमा राखेको समाचारमा अनुसन्धानमुल्क समाचार भन्दै खिल्ली उडाएको छ ।
एक पेज भन्दा लामो समाचारमा उसले प्रचण्डलाई बस्न लागेको नयाँघरलाई शाही अन्दाजको रुपमा चित्रित गराएको छ । उसले प्रचण्डको विलासीताका समाग्रिलाई पूर्वराजा विरेन्द्रभन्दा केहीमात्र कमी भनेको छ । तर, विरेन्द्र सम्पती कति र प्रचण्डको सम्पती कति भनेर देखाएको छैन । जुन प्रत्रकारिताको अभ्यासमा यसरी समाचार लेख्नु सरासर झूठ मानिन्छ । आफूलाई यसअघि हाम्रो खोजमूलक समाचार र रिपोर्ट भन्दै बजाउने समाचार कस्तो रहेछ त भन्ने पनि यही समाचारबाट प्रष्ट भएको छ ।
बिबिसीको हिन्दी सस्करणको लागि तयार बनाएको समाचारमा उसको स्रोतको रुपमा नेपालबाट प्रकाशन हुने नागरिक दैनिक र साघुँ साप्ताहिकलाई लेखेको छ । बारम्बार यी दुई पत्रिकाले लेखेका छन भनेर उल्लेख गर्दै उसले प्रचण्डले हाल लाजिम्पाटमा बस्नु भएका घरलाई यती आराम दायी घर कि भन्दै जसमा एक स्वीमिङ पुल र एक ब्याटमिन्टन कोर्ड छ भनेर यही हुनुलाई सुबिधासम्पन्न भएको जिकिर गरेको छ ।
प्रचण्डका छोरा प्रकाशले फेसबुकमा बुबाको सुरक्षाको कारणले यो घरमा आएको भनेर लेखेका थिए भनेको बिबिसीले त्यो फेसबुक लिङ भने देखाएको छैन । होला प्रकाशले लेखेका थिए तर, पत्राकारिताको अभ्यासमा त्यो देखाउनु पर्ने नैतिक सिद्धान्त रहदै आएको छ ।
परिवारिक स्रोतका अनुसार भनेर उसले लेखेको वाक्यमा भने प्रचण्डको भर यस्तो विलासीको छ कि १० वटा गाडी राखेरपनि आरामका साथ बस्न सकिन्छ ।
यहीबाटनै अनुमान गर्न सकिन्छ कि प्रचण्डलाई पूर्व राष्ट्रपति प्रकाशले फेसबुमा लेखेका छन, परिवारिक स्रोत भन्छ, नागरिक दैनिक र साघुँ साप्ताहिक लेख्छ भनेर समाचार प्रकाशन गर्ने बिबिसीको बिश्वास कति गर्ने भनेर ।
बिबिसीको समाचार हेर्नका लागि यो लिंक http://www.bbc.co.uk/hindi/news/2012 /01/120130_nepal_prachand_sdp.shtml क्लिक गर्नुहोस ।
थप हेडलाइनहरु
- डिआईजीकी प्रेमिका पनि हिरासतमा: स्वास्नीमारा भन्दै डिआईजी कोइरालाको मुखमा चप्पल र थुक
- जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचारी ठहर
- पशुपतिनाथमा दर्शनार्थीको घुँइचो, राष्ट्रपति र उपराष्ट्रपतिबाट दर्शन
- सेना समायोजनमा जनसेनालाई सहायक रथी दाबी यथाबत
- बाबुबाट तीन नाबालिका छोरीको हत्या
- होन्डुरसमा आगलागीबाट तीनसय ५७ भन्दा बढिको मृत्यु
- न्युजर्सिमा नेपालीको गाडी दुर्घटनामा मृत्यु
- अन्तत: सुडान घोटालाका नाइकेहरु जेल जाने
- सरकारलाई राष्ट्रिय सहमति बनाउन एकमत
- बेलायतमा कुखुरे दौड

