एनआरएनए अमेरिकाको सदस्यतामा "थर्ड पार्टी भेरिफिकेशन"

एनआरएनए अमेरिकाको सदस्यतामा "थर्ड पार्टी भेरिफिकेशन"
टेक्सस । 
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा सदस्य प्रमाणिकरणका लागि थर्ड पार्टीको व्यवस्था गरिने भएको छ । 
एनआरएनएको सदस्यता वितरणलाई प्रभावकारी, निष्पक्ष र शंकारहीत बनाउने उद्देश्यले यस्तो व्यवस्था गर्ने निर्णय एनआरएनए अमेरिकाले गरेको वैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ ।   ढंगवाट  ले सदस्य वितरणलाइसदस्यहरुको प्रमाणिकरणका लागि संस्थाको आगामी निर्वाचनलाई व्यवस्थित र स्वच्छ ढंगवाट सम्पन्न गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन) अमेरिकाको सोमबार बसेको एनआरएन अमेरिकाको  बैठकले  निर्वाचन पूर्व ’थर्ड पार्टी’  मार्फत पंजीकृत सदस्यहरूको प्रमाणीकरण गर्ने निर्णय गरेको हो । आगामी निर्वाचनलाई पूर्णरुपमा निष्पक्ष र धादलीरहित बनाउने प्रणका साथ उक्त कदम चालिएको एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले जनाएका छन् । 
 थर्ड पार्टीको रुपमा  नेपाली समुदाय भन्दा बाहिर गएर  जिम्मा दिन सकिने जनाइएको छ ।  प्रत्येक निर्वाचनका क्रममा देखिने विवादलाई नियन्त्रण गर्न र एनआरएन अमेरिकाको छविलाई सुधार्न संस्थाले एक कदम अगाडी बढ्दै कार्य समितिका पदाधिकारीहरूलाई लागु हुने गरी एक आचारसंहिता समेत लागु गरिएको र जस अन्र्तगत   कार्यसमितिमा रहेका कुनै पनि पदाधिकारीहरूले निर्वाचनको लागि औपचारिक उम्मेदवारी दिने अन्तिम मिति भन्दा  एक महिना भन्दा पहिले आफू आगामी निर्वाचनका लागी कुनै पनि पदको घोषणा गर्न नपाउने संचार संयोजक बाल जोशीले जारी गरेको विज्ञप्तीमा  जनाइएको छ । 
No comment yet. Be the first one to comment.

लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग