नेकपाका सांसद काेही हाेली वाइन पिएर धर्म साट्छन्, काेही आमाकाे किरिया गर्न कपाल मुण्डन गर्छन

नेकपाका सांसद काेही हाेली वाइन पिएर धर्म साट्छन्, काेही आमाकाे किरिया गर्न कपाल मुण्डन गर्छन

पुस २६, २०७५

नेकपाका कतिपय नेता विवादित प्यासिफिक समिटमा गएर हाेली वाइन चाखे । माधव नेपालले त हिन्दु भएतापनि धर्म नमान्ने पनि बताए । तर, नेकपाकै प्रदेशसभा सांसद उषाकला राईले कपाल मुण्डन गरेकी छन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएको हो । आमाको काजकिरिया गर्न उनले मुण्डन गरेकी हुन् ।

उषाका दाजुभाइ छैनन् । आफन्तले अरुलाई बसाउने वा कोही बसिदिने भनेका थिए तर, राईले आफैं किरियापुत्री बस्ने निर्णय लिएकी हुन् ।

अब ५ दिनसम्म काठमाडौंमा बस्ने र त्यसपछि जन्मघर खोटाङ जाने उषाका श्रीमान एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

आमाको किरियापुत्री बस्ने श्रीमतीको निर्णयको उच्च सम्मान गर्दै सांसद तामाङले फेसबुकमा यस्तो लेखेका छन्-

‘उषाजी तपाईं साँच्चै महान हुनुहुन्छ । छोरीलाई छोरासरह समान अधिकारका लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पूर्ण नेपाली नारीको अधिकारलाई लिपिवद्ध गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो । आज आˆनो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री बसेर समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम ।’

No comment yet. Be the first one to comment.

लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग