आएका निवेदनमाथि सुक्ष्म अध्ययन गर्नेर्छौ

आएका निवेदनमाथि सुक्ष्म अध्ययन गर्नेर्छौ
 
 
बाल जोशी 
 
 
 
एनआरएन अमेरिकाको  हालै न्युयोर्कमा सम्पन्न कार्यसमिति बैठकले आन्तरिक सदस्यता प्रमाणीकरण समितिको निर्माण गरेको थियो । त्यसको सदस्यमा रुपमा मलाई मनोनयन गरेर दिएको जिम्मेवारी अन्तर्गत कार्य  गरिरहेको छु । सो जिम्मेवारीमा रहेर काम गर्न गर्न सुरु गरेको पनि ५ दिन भएको छ  । यो क्रममा हामीले सयौं सदस्यहरूलाई उहाहरुले पेस गरेको विवरण अनुसार प्रमाणीकरण गर्यौ र त्यो कार्य जारी छ। 
 
पहिले भनिए र सुनिए जस्तो ’हार्ड ड्राइभ’मा राखेर सदस्य बनाउने अवसर कसैलाई नहोस् भन्ने हेतु  एनआरएन अमेरिकाले निर्माण गरेको नया“ वेबसाइटले गलत मनसायले सदस्य बनाउने प्रवृत्तिलाई धेरै भन्दा धेरै हद सम्म रोकेको छ । त्यसमाथि पनि रामकुमार सुबेदी संयोजक तथा म अनि पवन योञ्जन सदस्य रहेको प्रमाणीकरण समितिले वेबसाइट मार्फत आएका सदस्यताका लागि आएका  निवेदनलाई अत्यन्त सुक्ष्म रुपले केलाउने भएकाले पनि ’बदमासी’ गर्न खोज्नेहरूले त्यसो गर्न नसक्ने जानकारी गराउन चाहन्छु । हामीले यही अनुरूप काम गरिरहे र बिना बाधा अड्चन काम गर्न पाइरहे एक जना पनि गलत सदस्यहरू बन्ने छैनन् र बनाउन सकिने छैन ।  यो मेरो दाबी हो । 
 
मलाई दिएको जिम्मेवारी पुरा गर्ने क्रममा कुनै पनि प्रकारको आन्तरिक वा बाह्य हस्तक्षेप मैले सहने छैन ।  बर्र्षाै देखि बनाएको यो निष्कलंकित छवीमा एक रति पनि आ“च आउन दिने छैन ।   एनआरएन अमेरिकाको गरिमालाई थप एक तह माथि पु¥याउन र सम्पूर्ण सदस्यहरूको विश्वासलाई झन् दृढ पार्न तन, मन, बचन र कर्मले समर्पित रहने छु । 
 
संस्थालाई मर्यादित बनाउन र  गलत मनसायले सदस्य बनाउने प्रवृत्तिलाई जरो देखि नै उखेलेर फाल्ने यो अभियानमा यदि कुनै ’थाम्न नै नसकिने’ अवरोध सिर्जना भए वा गराइए सार्वजनिक रूपमा सम्पूर्ण विवरण खोली आन्तरिक प्रमाणीकरण  समितिको जिम्मेवारीबाट आफूलाई मुक्त गर्ने छु ।   
 
अन्तमा, यो संस्था तपाई– हाम्रो भएकोले ढुक्क भएर संस्थाको सदस्यता लिन पनि म सबैंमा आग्रह गर्दछु ।  
 
 
(  एनआरएन अमेरिकाका सञ्चार संयोजक जोशीको फेसबुकवाट साभार गरी समान्य सम्पादनसहीत यो आलेख  प्रकाशित गरिएको हो ।   )
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग