फेब्रुअरी २५ सोमबारदेखि मार्च ३ आईतबारसम्म

फेब्रुअरी २५ सोमबारदेखि मार्च ३ आईतबारसम्म
मेष
आर्थिक उन्नति हुनेछ र भाग्यले पनि साथ दिनेछ । तर, साताको अन्त्यतिर सोंचेजस्तो फल नमिल्नाले मन निराश रहन सक्छ । परिवारको सल्लाह, सुझाव र आत्मविश्वासले गरेको काममा सफलता मिल्नेछ । धर्मकर्ममा मन जानेछ । स्वास्थ्य सामान्य नै रहनेछ ।
 
वृष
सुरुवातमा व्यापार–व्यवसायमा उन्नति–प्रगति तथा आर्थिक लाभ हुनेछ, तर अन्त्यतिर भने नसोंचेको तनाव आइपर्नेछ । अध्ययनमा सफलता मिल्नेछ । धर्मकर्ममा मन जानेछ । स्वास्थ्यमा उतारचढाव आउन सक्छ, शतर्क रहनुहोला ।
 
मिथुन
व्यापार–व्यवसाय तथा नोकरी गर्नेका लागि यो साता राम्रो रहेको छ । आर्थिक लाभ हुनेछ । परिवार तथा साथीभाइसँग रमाइलो यात्राको योग रहेको छ । व्यापारसँग सम्बन्धित वैदेशिक यात्राको पनि योजना बन्नेछन् ।
 
कर्कट
स्वास्थ्यमा समस्या देखिनेछ, त्यसैले ध्यान–योगा गर्नु होला । नोकरी गर्नेहरुको सरुवा हुने योग रहेको छ । व्यापार–व्यवसाय सामान्य नै रहनेछ । सरकारी कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा पारिवारिक समस्या सुल्झिनेछन् ।
 
सिंह
हतारमा गरेको कामले समस्या निम्त्याउनेछ । बाहन चलाउँदा अथवा यात्रा गर्दा सावधान रहनु होला । स्वास्थ्य सामान्य नै रहनेछ । आम्दानीभन्दा खर्च धेरै हुनेछ । सफलता पाउन निकै संघर्ष गर्नुपर्नेछ ।
 
कन्या
नोकरी तथा व्यापार–व्यवसायमा आर्थिक उन्नति हुनेछ । मेहेनतअनुसारको फल प्राप्त हुनेछ । परिवारबाट साथ सहयोग मिल्नेछ । कामको व्यस्तताले गर्दा मानसिक रुपले थोरै चिन्तित रहनु हुनेछ । स्थायी सम्पत्तिसम्बन्धी कुनै पनि निर्णय नलिनु होला ।
 
तुला
मन प्रशन्न रहनेछ, तर पारिवारिक मनमुटावले मन खिन्न हुनेछ । त्यसैले जिद्दीपन र रिसलाई नियन्त्रणमा राख्नु पर्नेछ । घूमघाम, रंग–रमाइलोमा पैसा खर्च हुनेछ । व्यापार–व्यवसायमा उन्नति–प्रगति हुनेछ । स्वास्थ्यमा समस्या आइपर्नेछ ।
 
वृश्चिक
प्रेमी–प्रेमिकाबीचको सम्बन्धमा विवाद बढ्नेछ । तर, परिवार तथा साथीभाइसँग भने सम्बन्ध राम्रो रहनेछ । साताको मध्यतिर आर्थिक लाभ हुनेछ, तर अन्त्यतिर पारिवारिक कार्यक्रममा पैसा खर्च हुनेछ ।
 
धनु
यो साता उत्तम रहेको छ । पारिवारिक सम्बन्ध राम्रो रहनेछ । आकस्मिक आर्थिक लाभ हुनेछ । कार्यालयमा साथीभाइबाट राम्रो सहयोग पाइनेछ । बढुवा हुने योग पनि रहेको छ । व्यापार–व्यवसायमा उन्नति प्रगति हुनेछ ।
 
मकर
लामो समयदेखि थाती रहेको काममा बन्नेछ । सरकारी कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । अध्ययनमा प्रगति हुनेछ । मीठो बोलीले जीवन साथीसँगको सम्बन्धमा गाढा बन्नेछ ।
 
कुम्भ
सरकारी कार्यमा सफलता मिल्नेछ । व्यापार–व्यवसायमा उन्नति प्रगति तथा आर्थिक लाभ हुनेछ । नोकरी गर्नेले नसोंचेको विवाद सामना गर्नुपर्नेछ । विद्यार्थीहरुले मेहेनत गरेअनुसार को फल प्राप्त गर्नेछन् ।
 
मीन
बोली–बचनमा नियन्त्रण नहुँदा परिवार, साथीभाइ तथा प्रोफेसनल सम्बन्धमा नसोंचेको विवाद आइपर्नेछ । व्यापार तथा नोकरीबाट राम्रो आर्थिक लाभ हुनेछ । सामाजिक मान, प्रतिष्ठामा वृद्धि हुनेछ ।
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग