तराईमा सीके राउतको ताण्डव

 
आरएल श्रमजीवी
 
ओली सरकारले विखण्डनवादी समूह स्वतन्त्र मधेस गठबन्धन त्यसका मुख्य नेता सीके राउतसँग ११ बुँदे सम्झौता गरेलगत्तै सो गठबन्धनले वैधानिक रुपमा तराई मधेसमा ताण्डव मच्चाउँदै छ । सीके राउतले सदियौंदेखिको नेपालको भूमि तराई मधेसलाई छुट्याएर एउटा अलग देश बनाउन २०६९ सालदेखि अभियान चलाएका थिए । राज्य विप्लवको मुद्दामा पटक–पटक गिरफ्तार हुँदै छुट्दै आएका राउत अमेरिकास्थित नास्टका वैज्ञानिक थिए । २०६८ मा नेपाल फर्किएर उनले मधेसको मुद्दा उठाए । नेपाल मधेसको भूमि होइन भनेर किताब पनि लेखे । २०६९ सालदेखि त उनले तराई मधेसमा अभियान नै चलाए । संविधान नबनेको संक्रमणकालीन स्थितिमा उनी बलियो बन्दै गएका थिए ।
पक्राउ पर्दै छुट्दै गरेका सीके राउत ओली सरकार आएपछि जेल नै परे ।  जेल परेपछि लामो समय लाग्ने ठानेर उनले ओली सरकारलाई भ्रममा पार्दै अहिले नेपालको संविधान मानेको जस्तो गरेर दुई अर्थ लाग्ने सम्झौता गरेर उनी जेलबाट छुटेर अस्ति आइतबारदेखि आफ्नो मिसनमा लागेको लाटालाई पनि थाहा हुन्छ । 
ओली सरकारलाई सीके राउतले थाङ्नामा सुताएका हुन् । उनको मिसन २० बाट १९ पनि भएको छैन । नेपालको संविधान स्वीकारेको उनको ट्याक्टिस मात्र हो । उनले गरेको ११ बुँदे सम्झौतामा २ नम्बर बुँदामा जनमत संग्रह गर्ने कुरा अथ्र्याउँदै मधेसमा भाषण गरेका छन् भने सरकार त्यसलाई जनमत संग्रहका रुपमा नमानेको जिकिर गरिरहेको छ । ओली सरकारले सीके राउतसँगको सम्झौतामा जति नै ब्याण्ड बाजा बजाए पनि यो अपारदर्शी सम्झौता हो भन्ने कुरा हेर्न धेरै दिन पर्खनु पर्दैन । सम्झौतालाई लिएर नेकपाभित्रै बबण्डर मच्चिएको छ । भीम रावलहरुले चर्को आलोचना गरेका छन् । आफूले ठूलै काम गरेको भनेर ओली सरकार डुक्रिदै छ । त्यही मातमा ओली र प्रचण्डहरु तराई मधेस झरेर राजपालाई जथाभावी गाली गर्दैछन्  । यो मुतको न्यानोबाहेक केही होइन किनभने नेपाललाई तहसनहस गर्न ग्राण्ड डिजाइन गरेर सीके राउतले ११ बुँदे सम्झौता गरेका हुन् । विगतमा माओवादी विद्रोहलाई बुझेका राउतले आफू जेलमा सडिरहने देखेपछि सरकारसँग सम्झौता गरेका हुन् । अहिले प्रहरीको सुरक्षामा आफूले वैधानिक रुपमा अभियान चलाउन पाएपछि राउतलाई यो भन्दा सुनौलो अवसर के होला र ?
यसलाई राष्ट्रघाती सम्झौताका रुपमा बुझ्न सकिन्छ । विखण्डनकारीसँग सुटुक्क सम्झौता गर्नु त्यसमा पनि दुई अर्थ लाग्ने सम्झौता गर्नु भयङ्कर ठूलो दुर्घटनातिर देशलाई लैजानु हो । अर्काेतर्फ विखण्डनकारी सीके राउतले पहिला गरेका गल्तीप्रति माफी मागेका छैनन् । पहिला गरेका गल्तीलाई गल्ती महसुस नगरी सम्झौता गर्नु सरकारले स्वतन्त्र मधेसका नाममा पहिला भएका गतिविधिलाई वैधानिकता दिनु हो । सरकारले अहिले गरिरहेको  सीकेका गतिविधिलाई कसरी लिन्छ । सीके राउत सरकारलाई छक्याउँदै स्वतन्त्र मधेस बनाउन लागिरहेका छन् । उनका गतिविधि विखण्डनकारी नै हो । यो कुरा समयमै सबैले बुझ्न जरुरी छ ।
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग