असिना र हुरीले ३५ को मृत्यु

असिना र हुरीले ३५ को मृत्यु

एजेन्सी

भारतका ८ राज्यमा आएको हावाहुरी र असिनाले ३५ जनाको मृत्यु भएको छ। मंगलबार राति आएको हावाहुरीले विभिन्न राज्यमा ३५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते र अर्बौंको धनमाल क्षति भएको विभिन्न सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै जनाएका छन्।

आँधी तुफानसँगै ठूलो वर्षा र असिना परेकाले उद्दारमा समस्या भएको छ । राजस्थानमा ११, मध्यप्रदेशमा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरात,  महाराष्ट्र,  झारखण्‍ड,  हिमाचल, हरियाणा र नयाँदिल्लीका छन् ।

ठूलो वर्षा र असिनासँगै परेको चट्याङले सर्वसाधारणको मृत्यु भएको हो । हावाहुरीले रूख, बिजुलीका पोल ढालेर क्षति पुर्याएको छ । सबैभन्दा बढी प्रभाव गुजरात, मध्यप्रदेश र राजस्थानमा परेको छ।

यी प्रदेशमा अझै ठूलो वर्षा हुने अनुमान त्यहाँको मौसम विभागले गरेको छ । यसका लागि जनतालाई सचेत हुन पनि आग्रह गरिएको छ ।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग