युएन हेडक्वार्टरमा मिथिला चित्रकला

युएन हेडक्वार्टरमा मिथिला चित्रकला
कल्पना घिमिरे
न्यूयोर्क/अमेरिका 
मिथिला महोत्सब अमेरिकाले संयुक्त राष्ट्रसंघको मुख्यालयमा मिथिला चित्रकला प्रदर्शनी गरेको छ । गत अप्रिल ८ देखि १२ तारिक ५ दिन मिथिला र जनकपुरको पौराणिक संस्कृतिलाई चित्रकलामा उतारेर प्रदर्शनी गरिएको हो । न्यूयोर्कस्थित नेपाली स्थायी नियोग र मिथिला आर्ट एण्ड कल्चरल सेन्टरको सहकार्यमा गत साता प्रदर्शनीको उद्घाटन गरिएको थियो । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाह र नेपाली स्थायी नियोगका प्रमुख अमृत राईले प्रदर्शनीको उद्घाटन गरेका थिए । 
जनकपुर र मिथिलाको कला संस्कृति र पौराणिक सभ्यतालाई अमेरिकासम्म फैलाउने, श्रहशाब्दी विकास लक्ष्यमा पुग्न र पर्यटन प्रवद्र्धनका लागि सरकारको ‘भिजिट नेपाल २०२०’ को अवधारणलाई सफल पार्ने उदेश्यले मिथिला चित्रकला प्रदर्शनी आयोजना गरिएको हो ।  
संयुक्त राष्ट्र संघको मुख्यालयमा मिथिलाका बिभिन्न कला संस्कृति झल्कने २६ वटा चित्र राखिएको थियो । प्रदर्शनीको अन्तिम दिन संयुक्त राष्ट्रसंघ बाहिर आर्ट ग्यालरीमा पनि प्रदर्शनी गरिएको थियो । आर्ट ग्यालरीमा भने १०० चित्र प्रदर्शनी गरेको आयोजकले जनाएको छ । ‘युएन हेडक्वार्टर भित्र सिमित ब्यक्तिहरुको मात्रै पहुँच हुने भएकाले प्रदर्शनीको अन्तिम दिन साँझ म्यानह्याटनको ब्रायन्ट पार्क नजिकैको ४ डब्लु ४३ स्ट्रिटको आर्ट ग्यालरीमा प्रदर्शन गरेका थियौं’ मिथिला आर्ट एण्ड कल्चरल सेन्टरका फाउण्डर तथा एक्जिक्युटिभ डाइरेक्टर अमित शाहले भने, ‘युएन हेडक्वार्टर भित्र र बाहिर गरेर ३५० भन्दा बढी बिदेशीले निकै चाख दिएर चित्रकलाको अवलोकन गरेका छन् ।’ 
आर्ट ग्यालरी, म्युजियम, ट्राभल एण्ड टुरिज्म, बिभिन्न कला संस्कृतिमा चासो राख्ने बिदेशीहरुले पनि प्रदर्शनी गरेका थिए । प्रदर्शनीको अन्तिम दिन नेपाली महाबाणिज्यदूतावास, नेपाली स्थायी नियोगको सहकार्यमा मिथिला साँस्कृतिक कार्यक्रम गरिएको थियो । 
प्रदर्शनीमा श्रहशाब्दी विकास लक्ष्य अन्तरगत १७ वटा उदेश्य आधारित रहेर चित्रकला बनाइएको थियो । जनकपुर उमेन डेभलपमेन्ट सेन्टरले तयार पारेका चित्रहरु प्रदर्शनीमा राखिएको हो । जनकपुर उमेन डेभलपमेन्ट सेन्टरले सन् १९८१ देखि जनकपुरका निराक्षर महिलालाई चित्रकलाको बिभिन्न तालिम दिएर आय आर्यनको काममा लगाउने र उनीहरुको आर्थिक शसतmीकरणमा सहयोग पु¥याउँदै आएको छ । तिनै महिलाले बनाएका चित्रकला प्रदर्शनी गरिएको हो । बरिष्ट आर्टिस्ट अजित शाहले बनाएका प्रकृति, महिला शसतmीकरण, शान्ती र समानुपातिक, मिथिला संस्कृति, मधेशी समुदायका चाडवाडको भाव बोकेका चित्रहरु प्रदर्शन गरिएको थियो । यसै सन्दर्भमा न्यूयोर्क सिटी काउन्सिलले अप्रिल १२ तारिकलाई ‘मिथिला कल्चरल डे’ मनाउने भएको छ । 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग