जिल्ला नेतृत्वको सूची हातमा परेसँगै कार्यक्रमस्थलबाट बाहिरिए माधव नेपाल

जिल्ला नेतृत्वको सूची हातमा परेसँगै कार्यक्रमस्थलबाट बाहिरिए माधव नेपाल

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीले कमलादीस्थित प्रज्ञा भवनमा ७० औँ एकता दिवस मनाइरहेको छ। सोमबार सवा एक बजेतिर सुरु भएको कार्यक्रममा तत्कालीन एमाले र माओवादी केन्द्रबिच भएको एकतालाई अगाडि बढाउने खुड्किला मानिएको जिल्ला कमिटी एकताको लागि तयार पारिएको सुची वितरण गरिएको थियो।

अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलले तयार पारेको ७७ जिल्लाका अध्यक्ष र सचिवको सूची सबै सचिवालय सदस्यलाई बाँडिएको थियो। महासचिव पौडेलले सचिवालयले सर्वसम्मत पारित गरेको भनिएको उक्त सूची कार्यक्रममा नै सबै सचिवालय सदस्यलाई बाँडिएको थियो ।

सूची हातमा परेसँगै एकतामा आफ्नो पक्षलाई पेलेर गएको भनेर असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यक्रम स्थल छोडेका छन्। उनी बाहिरिएपछि महासचिव पौडेल, केन्द्रीय कार्यालय सचिव तथा ओलीनिकट कृष्णगोपाल श्रेष्ठ कार्यक्रम स्थल बाहिर र भित्र  आउजाउ गरिरहेका छन् ।

कहिले अध्यक्ष ओली त कहिले महासचिव पौडेलसँग कानेखुसी गर्दै सल्लाह गरिरहेका छन्। नेपाल पक्षले तत्कालीन एमालेका अध्यक्ष ओलीले एकताका क्रममा आफ्नो पक्षका जिल्ला नेतृत्वलाई बाहिर्याएको भन्दै नेतृत्वको आलोचना गर्दै आएका थिए।

नेपाल पक्षले पार्टीको जिल्ला कमिटी एकताको निर्णय कम्तिमा पनि स्थायी कमिटी बैठक बोलाएर नाम टुंग्याउन माग गर्दै आएका थिए।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग