एसियामा 'आईएसआईएसको उदय' : श्रीलंकामा सोमबार फेरि विस्फोट, २४ जना पक्राउ

एसियामा 'आईएसआईएसको उदय'  : श्रीलंकामा सोमबार फेरि विस्फोट, २४ जना पक्राउ

एजेन्सी

श्रीलंकामा फेरि सोमबार पनि बम विस्फोट भएको छ । श्रृंखलाबद्ध विस्फोट भएको दोस्रो दिन सोमबार एक चर्चबाहिर पार्किङ गरेको एक गाडीभित्र रहेको विस्फोटक वस्तुलाई निस्क्रिय पार्न खोज्दा सोमबार पनि विस्फोट भएको हो । सोमबारको विस्फोटम कुनै मानवीय क्षती भने नभएको बताइएको छ ।

उक्त गाडी आइतबार भएको हमलामा सं‌लग्नहरुको नै हुनसक्ने सुरक्षा निकायले बीबीसीलाई बताएको छ । विस्फोटको आवाज सुन्‍नेबित्तिकै स्थानीयहरुको भागाभाग भएको थियो । 

प्रहरीले सोमबार घटनाको अनुसन्धान र विस्फोट वस्तु हुनसक्ने आशंकमा खोजी तथा निस्क्रिय पार्ने क्रममा उक्त विस्फोट भएको थियो । सीएनएनका अनुसार सोमबार प्रहरीले कोलोम्बोको मुख्य बसपार्क नजिकैको ८७ स्थानमा विस्फोट वस्तु फेला पारेको थियो । आइतबार राति ९ औं पटक बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विस्फोट भएको थियो । 

श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले सोमबार मध्यरातदेखि देशभर आपतकाल लागु हुने घोषणा गरिसकेका छन् । मंगलबार राष्ट्रिय शोक मनाउनेसमेत निर्णय गरिएको छ । सामाजिक सञ्‍जालले भ्रम सिर्जना गरेको भन्दै आइतबार नै प्रतिबन्ध लगाइएको थियो भने आइतबार लगाइएको कर्फ्यू सोमबार पनि जारी छ । 

श्रीलंकाका एक वरिष्ठ मन्त्री रजित सेनारत्नेले कोलोम्बोमा पत्रकारसँग कुरा गर्दै अन्तर्राष्ट्रिय खुफिया एजेन्सीले हमला हुनसक्ने चेतावनी दिए पनि उक्त सूचना प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई भने नबताइएको जानकारी दिएका छन् । उनले आइतबारको हमला कुनै अन्तर्राष्ट्रिय नेटवर्कको सहयोग बिना सम्भव नभएकोसमेत दाबी गरेका छन् । 

२४ जना पक्राउ 

त्यहाँको प्रहरीले बीबीसीलाई दिएको जानकारी अनुसार अहिलेसम्म हमलामा संलग्न भएको आशंकमा २४ जनालाई पक्राउ गरिएको छ । तर, हमलाको जिम्मेवारी भने कसैले लिएका छैनन् । उनीहरुको बयान लिने काम भइरहेको जनाइएको छ ।

पक्राउ गरिएका २४ जना नै श्रीलंकन नागरिक भएको जनाइएको छ । उनीहरुको कुनै अन्तर्राष्ट्रिय नेटवर्कसँगको सम्पर्कको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।  

आइतबार विभिन्न‍ होटल र चर्च गरी आठ वटा विस्फोटमा परी दुई सय ९० जनाको ज्यान गइसकेको छ भने करिब पाँच सय घाइते छन् । जसमा आ ३९ जना विदेशी नागरिकको मृत्यु भएको र २८ जना घाइते भएको पुष्टि गरिएको सीएनएनले जनाएको छ ।

ज्यान गुमाउनेमा आठ जना बेलायती नागरिक, आठ जना भारतीय, तीन जना डेनमार्क, दुई जना अस्ट्रेलियन, दुई जना चिनीयाँ नागरिक, दुई जना टर्किस नागरिक, एक जना नेदरल्यान्ड, एक पोर्चुगिज् नागरिक भएको पुष्टि गरिएको छ । 

एसियामा आईएसआईएसको उदय 

श्रीलंकाका एक मन्त्री प्रेमादसाले आइतबारको हमलाले मुलुक नै तहसनहस हुने गरी एक नयाँ प्रकारको आतंक सिर्जना गरेको बताएका छन् । "विगत एक दशकदेखि मुलुकमा कुनै पनि अतिवादी आन्दोलन भएको थिएन् । तर, आइतबार भएको आत‌ंककारी हमलाले विश्वलाई नै त्रसित बनाएको छ", उनले भने ।

तमिल टाइगरले सुरु गरेको गृहयुद्ध सन् २००९ मा नै समाप्त भइसकेको बताउँदै उनले भने, " आतंकवादविरुद्ध लड्न सरकार तयारी अवस्थामा रहनुपर्दछ ।" सरकारले स्थानीय जिहादी समूहले यो हमला गराएको हुनसक्ने अनुमान गरेको छ भने सोही अनुसार अनुसन्धान अघि बढाएको छ । 

आइतबारको विस्फोटले एसियामा नै विगतका केही वर्षयताको सबभन्दा ठूलो आत‌ंक र जनधनको क्षति गरेको बताइएको छ । यसअघि फिलिपिन्समा २० जनाको ज्यान जानेगरी एक चर्चमा गरिएको हमलाको जिम्मा आईएसआईएसले लिएको थियो । आइतबार पनि इस्टर पर्व मनाइरहेको बेला ठूलो भिडलाई लक्षित गरी बम विस्फोट गराइएको हो । 

सन् २०१८ मा इन्डोनेसियमा पनि तीन वटा चर्चमा भएको विस्फोटमा १२ जनाको ज्यान गएको थियो । त्यसको पनि आईएसआईएसले नै जिम्मा लिएको थियो । यसअघि इजिप्टमा सन् २०१७ मा आईएसआईएसले नै गरेको बम विस्फोटमा चर्चमा जम्मा भएका ४९ जनाको ज्यान गएको थियो । 

श्रीलंकाका एक विश्लेषक जयशंकरले भने, " श्रीलंकामा आतंकवाद समाप्त भएको एक दशपछि गराइएको हमलाले फेरि नयाँ किसिमको आतंकवादको उदय भएको छ ।

-baahrakhari

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग