अमेरिकी सहरमा ‘नेप्लिज हेरिटेज डे’ को अठोट

अमेरिकी सहरमा  ‘नेप्लिज हेरिटेज डे’ को अठोट
ई नेप्लिज
डिसी 
अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरले अबदेखि हरेक वर्ष अप्रिल महिनाको तेस्रो साता ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ मनाउने भएको छ । अप्रिल २०, शनिबार सम्पन्न कार्यक्रममा उक्त कुरा बताइएको हो ।
सन् २०१८ को चुनावमा नेपाली मूलका युवा प्रदीप ढकाल हर्नडन शहरको परिषद् सदस्यमा निर्वाचित भएपछि उनको पहलमा हालै यस शहरले नेप्लिज अमेरिकन हेरिटेज डे मनाउने निर्णय गरेको थियो । 
नेप्लिज अमेरिकन हेरिटेज डेको मान्यता पाएको भन्दै यहाँका नेपाली समाज एवम् एनआरएनए भर्जिनिया शाखाले हर्नडनमा असंख्य नेपाली र अमेरिकनबीच गत शनिबार एक खुसियाली कार्यक्रमको समेत आयोजना गरेका थिए ।
बाक्लो जनसंख्या रहेको उत्तर भर्जिनियाको हर्नडन शहरमा मनाइएको हेरिटेज डे कार्यक्रम यस क्षेत्रमा नेपाल चिनाउन सफल भएको विश्वास गरिएको छ । भर्जिनिया राज्यमा यसरी सरकारी स्तरमा नेप्लिज अमेरिकन हेरिटेज डेको घोषणा भएको यो पहिलो पटक हो । 
नेपालका लागि पूर्व राजदुत स्कट डेलेसी तथा वरिष्ठ लोक गायक प्रेमराजा महतलाई नेपाल चिनाउन आआफ्नो स्थानबाट पु¥याएको योगदानको कदर गर्दै आयोजकहरूबाट सम्मान गरिएको छ । 
कार्यक्रममा नेपाल झल्काउने विविध झाकी, लाखे नाच, भेषभूषाको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो । आदर्श नेपाली समाजद्वारा सञ्चालित नेपाली स्कुलका बालबालिकाले दुवै देशका राष्ट्रिय गानका साथै नेपाली पहिरनका साथ सभा स्थलमा मार्चपास पनि गरेका थिए । 
नेपाल डे तथा नयाँ वर्षको कार्यक्रममा सहभागी हुन भर्जिनियाका डेलिगेट इब्राहिम शमिराह, फेयरफ्याक्स काउन्टीका सुपरभाइजर, हर्नडनका नगर उपप्रमुख, काउन्सिल सदस्यहरू, हर्नडनका नगरका वर्तमान र पूर्व पदाधिकारीहरु, अमेरिकन मूलधारको  राजनीतिमा प्रवेश गरी मेरिल्याण्ड राज्यको डेलिगेट्समा निर्वाचित भएका  ह्यारी भण्डारी लगायत नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय जनसमुदायको बाक्लो उपस्थिति थियो ।
हेरिटेज डेसँगै नेपाली नयाँ वर्ष २०७६ को कार्यक्रम पनि भव्यसाथ स्थानीय समुदायको सहभागितामा मनाइएको थियो ।
 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग