किम र पुटिनबीच कलेजमा भेटवार्ता

किम र पुटिनबीच कलेजमा भेटवार्ता

एजेन्सी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन र रुसका राष्ट्रपति भ्लादमिर पुटिनबीच भेटवार्ता भएको छ ।

किम बुधबार रेल चढेर रुस पुगेका थिए । दुबै नेताको बीचको भेटवार्ता रुसको बन्दरगाह शहर व्लादिवोस्तकको नजिक रहेको रस्की द्वीपमा भएको बीबीसीले जनाएको छ ।

रुसका अनुसार दुबै नेताहरुका बीचमा कोरियाली प्रायद्वीपको परमाणु सस्यामाथि छलफल भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि किमले रुसको सहयोग माग गर्न सक्ने आकलन गरिएको बीबीसीले जनाएको छ ।

किम र पुटिको भेट एक कलेजमा भएको हो । जसलाई मध्यनजर गर्दै कलेजको कक्षाहरु रद्द गरिएका थिए । तर केही विद्यार्थी भने किम र पुटिनलाई हेर्न कलेज गएका थिए ।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग