हावाहुरीबाट क्षतिग्रस्त बारा र पर्साका सम्पूर्ण घर नेपाली सेनाले निर्माण गर्ने

हावाहुरीबाट क्षतिग्रस्त बारा र पर्साका सम्पूर्ण घर नेपाली सेनाले निर्माण गर्ने

काठमाडौँ

सरकारले बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको छ ।

वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि सरकारले नेपाली सेनालाई दिदै त्यसका लागि ८४ करोड ६८ लाख ७६ हजार रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए ।

हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले कतारका लागि नेपाली राजदुत प्राध्यापक रमेश कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ ।

चीन भ्रमणमा रहनुभएका राष्ट्रपति बिद्यादेवी भण्डारीले चीन सरकारसंग हुने समझदारीलाई बैठकले स्वीकृत गरेको छ । त्यस्तै चीन सरकारबाट प्राप्त हुने १६ अर्व ८० करोड रुपैया सहायता स्वीकार गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । त्यस्तै विवादीत सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त खण्डको मर्मत तथा सुधार गर्ने निर्णय पनि गरिएको छ भने साविकको दुर्गम क्षेत्र बिकास समितिमा कार्यरत कर्मचारीलाई स्थानिय निकायमा समायोजन गर्ने निर्णय पनि गरिएको प्रवक्ता बास्कोटाले जानकारी दिए । 

पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले चारबर्षको अवधीमा पुनर्निर्माणको कार्य सन्तोजनक रहेको बताए। उनले २०७६ सालभित्र नीजि आवासका सम्पूर्ण कार्य सम्पन्न हुने दाबी गरे । प्रवक्ता बास्कोटाले सम्पदा र अन्य पुननिर्माणको कार्य तिव्र रुपमा अघि बढिरहेको जानकारी दिए ।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग