मोदीविरुद्ध काँग्रेसले अजय रायलाई उम्मेद्वार उठाउने

मोदीविरुद्ध काँग्रेसले अजय रायलाई उम्मेद्वार उठाउने

भारत

भारतको विपक्षी दल काँग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध लड्नका लागि ५ पटकसम्म विधायक रहेका अजय रायलाई बनारस निर्वाचन क्षेत्रबाट उम्मेद्वार उठाउने भएको छ । काँग्रेस पार्टीले बिहीबार रायलाई बनारस निर्वाचन क्षेत्रबाट उम्मेद्वार उठाउने घोषणा गरेको हो ।

यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा पनि राय बनारसबाट उम्मेद्वार उठेका थिए । तर, नरेन्द्र मोदी र आम आदमी पार्टीका उम्मेद्वार अरविन्द केजरीवालपछि उनी तेश्रो स्थानमा आएका थिए ।

पछिल्लो समय काँग्रेसले पूर्वी उत्तर प्रदेशको जिम्मेवारी दिएर महासचिव पदमा ल्याएकी राहुल गान्धीकी बहिनी प्रियंका गान्धीलाई प्रधानमन्त्री मोदीविरुद्ध बनारसमा उम्मेद्वार उठाउने चर्चा शुरु भएको थियो । तर, उनले भने आफ्ना दाजु राहुल गान्धीको निर्वाचन अभियानमा सहयोग गर्ने बताइएको छ ।

नरेन्द्र मोदीले भने आगामी शुक्रबार बनारसबाट आफ्नो औपचारिक उम्मेद्वारी दर्ता गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बनारसबाट उम्मेद्वारी दिने रायको स्थानीय भूमिहार समुदाय र ब्राह्मण समुदायमा पनि राम्रो प्रभाव रहेको बताइन्छ ।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग