एमेजोनका मालिकले गर्ने भए सम्बन्ध बिच्छेद

एमेजोनका मालिकले गर्ने भए सम्बन्ध  बिच्छेद
 
अमेरिका । 
धनाढ्य अर्बपती जेफ बिजोसले आफु आफ्नी धर्म पत्नीसग पार पाचुके गर्न लागेको सामाजिक संजाल मार्फत सार्वजनिक  गरेका छन्    ।  
५४ बर्र्षीय अर्बपती जेफले आज बुधवार ट्युटर मार्फत ट्युट गर्दै पत्नी म्याक्यान्जीसग को २५ बर्षको बैबाहिक यात्रा तोड्न लागेको सार्वजनिक  गरेका हुन् ।  विश्व प्रख्यात सपिङ वेबसाईट एमेजोनका मालिक जेफले म्याक्यान्जीसग सम्बन्ध बिच्छेद गर्न लागेको प्रसँगमा लेखेका छन् ” हामी मानिसहरुलाई हाम्रो पारिवारिक जिन्दगीमा भएको केही परिवर्तन बारेमा जानकारी  दिन चाहन्छौ ।  हाम्रो परिवार र निकटतम साथीहरुलाई हाम्रो लामो समयको माया र अलग गन्तव्यको बारेमा राम्रै सग थाहा नै छ ।  अब हामी सम्बन्ध बिच्छेद गर्ने निर्णयमा पुगेका छौ ।  वासिङ्टन राज्यमा बसोबास गर्दै आएका अर्बपती दम्पतीको निकट भबिस्यमा हुँदै गरेको सम्बन्ध बिच्छेदको बारेमा जेफले थप लेखेका छन् , हामीले हाम्रो विवाह भएको २५ बर्षको समय यती रमाईलो  सग बितायौं कि हामी आफुलाई भाग्यमानी ठान्दछौ ।  हामी अब हाम्रो जिन्दगी एक अर्काको असल साथी भएर बिताउने छौ । 
एमेजोन मालिक जेफलाई विश्वका अर्बपतीहरुलाई सुचीकृत गर्दै आएको फ्रोब्स पत्रिकाले १३७ दसमलब ४ अरब अमेरिकी डलर सम्पत्तिको मालिक भनेर सुचिकृत गरेको थियो ।  जेफको मदिना सियाटल,   क्यालिफोर्नियाको प्रख्यात  शहर बेभर्ली हिल्स् , टेक्ससको भ्यान हर्न ,  वासिङ्टन डिसी र न्युयोर्क म्यानहाटन लगायतका शहरहरुमा घर छन् । घर मालिकका रुपमा जेफ अमेरिकाका उच्च २५ जना भित्र पर्द्छन ।  
समाचार एजेन्सीका अनुसार अर्बपती जेफले म्याकेन्जीलाई पहिलो पटक न्युयोर्क  हेज फन्डको कुनै पदमा जागिरको लागि अन्तर्वाता लिदाको समयमा भेटेका थिए ।  त्यतीबेला जेफ हेज फन्डको भाईस प्रेसिडेन्ट थिए ।  अमेरिका स्थित चर्चित कलेज प्रिन्सेटोनबाटबाट ग्राजुएट  म्याकेन्जी रिसर्च एसोसिएटसमा काम गर्न थाले पछी उनीहरु प्रेममा परेका थिए र भेट भएको ६ महिना पछी सन् १९९३ मा उनीहरुको विवाह भएको थियो ।  विवाह भएको १ बर्ष पछी दुबैले वाल स्ट्रिटको आकर्षक जागिर छोडेर अमेरिकाकै अर्को छेऊ  सियाटल बसाई सराई गरेका थिए ।  जहाँ जेफले एमेजोन सुरु गरे भने पहिलो कर्मचारीको रुपमा म्याकेन्जीलाई एकाउन्टेन्टमा नियुक्ति गरेका थिए ।  निकट भबिष्यमा सम्बन्ध बिच्छेद  गर्दै गरेका दम्पत्तीका चिनबाट अपनाएर ( एडप्ट ) गरिएका ४ वटा सन्तान छन् ।  बुधवार जारी गरिएको जेफको बिज्ञ्प्ती  अनुसार ४८ बर्षीय उनको पूर्व पत्नी म्याकेन्जी ब्यबसायी साझेदारको रुपमा संगै  काम गर्ने छिन् ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग