पृथ्वीजयन्तीकै दिन विवेकशील साझा फुट्नुको यस्तो रहेछ रहस्य, तराजुले न्याय दिन सकेन

पृथ्वीजयन्तीकै दिन विवेकशील साझा फुट्नुको यस्तो रहेछ रहस्य, तराजुले न्याय दिन सकेन
काठमाडौँ । अरु दलहरु भन्दा अलगै हुने भन्दै विवेकशील र साझा पार्टीबीच २०७४ साउन ११ पार्टी एकता भएको थियो । दुई दल एक भएपछि पार्टीको नाम विवेकशील साझा पार्टी राखेका थिए । तर, पार्टी एक भएको डेढ वर्ष पनि वित्न नपाउँदै विवेकशील साझा फुटेको छ ।  विकेकशील साझाका उज्जल थापाले १६ जना केन्द्रीय सदस्यसहित निर्वाचन आयोगमा गएर आजै विवेकशील नेपाली पार्टी दर्ता गराएपछि वैकल्पिक पार्टीका रुपमा उदाएको भनिएको सो पार्टी चिरा परेको हो । वीवीसी नेपाली सेवाको जागिर छाडेर राजनीति गर्न नेपाल आएका रविन्द्र मिश्रले दुई पार्टी एक भएसँगै सुसंस्कृत र वैकल्पिक राजनीति गर्ने बताएका थिए । आज यसरी विभाजन भएपछि मिश्रको त्यो अभियानमा धक्का पुगेको छ ।
 
ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा जस्ता दललाई सत्तोसराप गर्ने सोही पार्टी फुटेपछि सो पार्टीमा नैतिक संकट देखा परेको छ । विवेकशी नेपालीहरुको समूह बनाएर सबैको साझा पार्टी बनाउने उनीहरुको उदेश्यमा समेत पार्टी फुटेपछि थप धक्का पुगेको छ । दुई पार्टी एक भएको केही महिनसम्म विना मनमुटाव अघि बढ्दै आएको सो दल भित्र केही महिना अघिदेखि गम्भीर मतभेद देखिएको थियो । उज्जल थापाले पार्टी गलत बाटोमा हिँडिरहेको निश्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । थापाले प्रतिवेदन सार्वजनिक गरेपछि सो पार्टी भित्रको विवाद सतहमै आएको थियो ।
 
एक्कासी थापाले नयाँ दल दर्ता गर्ने भन्दै १६ जना केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगेपछि मिश्र समूहले पनि आश्चर्य व्यक्त गरेको छ । मिश्र समूहका मुमाराम खनालले उज्जल थापाको शैली गलत भएको टिप्पणी गरेका छन् । ‘उहाँहरु केही महिना अघिदेखि नै अलग हुने सोचमा हुनुहुन्थ्यो,’ खनालले भने । यता थाप समूहले आफूहरुलाई होच्याउने काम गरेपछि सँगै बस्न नसकेको बताएको छ । रञ्जु दर्शनाले मिश्रहरुको बुझाई नै गलत भएकाले विभाजन भएको बताईन । निकै तामझामका साथ आएको विवेकशील साझा पार्टी आज फुटेसँगै धेरैले नेपालमा वैकल्पिक शक्ति नफाप्ने समेत टिप्पणी गरेका छन् । अझ गज्जब त के छ भने राष्ट्रनिर्मात पृथ्वीनारायण शाहको जन्मजयन्तिकै दिन उनीहरु फुटेका छन् ।  उनीहरुले न्यायको संकेत स्वरुप चिन्ह पनि तराजु राखेका थिए । तर, उनीहरु आफैँलई पनि तराजुले पनि न्याय दिन सकेन ।   
No comment yet. Be the first one to comment.

लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग