शिवले ल्याए परदेशी रुवाउने ‘आमाको आसु ’

शिवले ल्याए परदेशी रुवाउने   ‘आमाको आसु ’
 
विश्व न्यूज संवाददाता
डलास । 
 पत्रकार तथा गीतकार शिव शर्मा चञ्चलले  देश छाडेर परदेशीएकाहरुको भावनालाई समेटेर आमाको आ“सु गित ल्याएका छन् । उनले आफनै दिवंगत आमा जमुना कुमारी भट्टराईको वार्षिक पुण्य तिथिको अवसर पारेर आमालाई सम्झदै रचित गित सार्वजनिक गरेका हुन्  । यो मेरो आमाको मात्र नभई  सबै परदेशीहरुको सामुहिक गीत हो’ उनले भने–‘परदेशमा रहदा घरपरिवार गुमाउदाको पीडा संगै परदेशको पीडा यसमा  पोखिएको छ ।’
परदेशमा रहदा नेपाल र आफ्नो आमाको सम्झना त्यो विछोडको घडीलाई गितमा शर्माले मार्मिक शब्द मार्फत समेटेका छन् । कार्यक्रममा बोल्दै वरिष्ट चलचित्र निर्देशक नारायण पुरीले गीतले सबै परदेशीलाई छुने हदयविदारक भएको बताए । ‘गीत राम्रो लागेर भीडियो निर्माणका लागी पहल गरे’ निर्देशक पुरीले भने–गीतले आमा संगै माटो र देश बोलेको छ । 
लेखक तथा निर्देशक शैलेश आचार्यले गीतका भावुक शब्दले सबै परदेशीको आत छाम्ने बताए । धेरै यथार्थ गीतले बोलेको छ’ उनले भने–‘आमा हुने र नहुने सबैलाई यो गीतले सन्देश दिनेछ ।’
 
कार्यक्रममा बोल्दै एनआरएनका पुर्व उपाध्यक्ष तथा युवा व्यवसायी राम सि पोखरेलले गीतले आफुलाई भावुक बनाएको बताउदै गीतले सबैलाई छुने बताए । उनले स्वर शब्द र भीडियोले गीत उत्कृष्ट बनेको छ उनले भने–‘आमाको वार्षिक तिथी गीत नै  सार्वजनिक गरेर सर्मपण गर्नु ठुलो उपलब्धी मान्नुपर्छ । ’
प्राध्यापक तथा साहित्यकार प्रभात दिक्षितले गीतले आफनो आ“खा रसाएकोब बताउदै पछिल्लो क्रममा  परदेशीहरुका लागी यो गीत मन छुने बताए । उनले भने– यो केवल स्रष्टाको मात्र नभई जीवित र दिवंगत आमाहरुको गीत हो । 
कार्यक्रममा नेपाली समाज टेक्ससका सचिव डा परशुराम दादाल, नेपाल अमेरिका पत्रकार संघका उपाध्यक्ष विकासराज न्यौपाने,  सचिव सुरज भण्डारीले आमाको आसु सबै परदेशीको पीडा भएको बताएका थिए । गीतले परदेशमा रहदा आफन्त गुमाउदाको पीडा देखि स्वदेशको मायालाई समेत गीतमा उतारिएको छ । यो मार्मिक गीतलाई गोविन्द मधुर आचार्यले सुमधुर आवाज दिएका छन् । गीतमा उनलाई गायिका वसन्ता प्रकृतिले साथ दिएकी छन् । गीतमा संगीत र एरेन्ज समेत गायक आचार्यले गरेका छन् । 
गीतलाई संगितकार तथा गितकार एवं ८८४८ मिडिया संस्थाका भुपेन्द्र न्यौपाने र युएस खबर डटकमका संचालक किसन रेग्मीले निर्माणमा सहयोग गरेका हुन ।  म्युजिक भिडियो समेत निर्माण भएको गीतलाई शिव पुरीले निर्देशन तथा सम्पादन गरेका हुन । रामेश्वर कार्कीको छायाङकन रहेको गीतमा आमाको भुमिकामा रंगमञ्चीय कलाकार अन्जु देउजा, राजा कुमार घोष, रेगन क्ष्ँत्री र हरि दवाडीले अभिनय गरेका छन् । वरिष्ट चलचित्र निर्देशक नारायण पुरीको अवधारणा अनुरुप नै गीतको भीडियो निर्माण भएको हो । 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग