मैले बनाउने पर्खाल सगरमाथा चढ्न भन्दा कठिन हुनेछ –राष्ट्रपती ट्रम्प

 मैले बनाउने पर्खाल   सगरमाथा चढ्न  भन्दा कठिन हुनेछ –राष्ट्रपती ट्रम्प
 
न्यूयोर्क । 
 
राष्ट्रपती डोनाल्ड ट्रम्पले दक्षिणी सिमानामा आफूले निर्माण गर्न खोजेको पर्खाल  संसारकै अग्लो शिखर  सगरमाथा चढ्न भन्दा गाह्रो हुने बताएका छन् ।  गत बुधवार वासिङ्टन डि सि स्थित कानुन कार्यन्वयन  गर्ने अधिकारी
( ल इन्फोर्स्मेन्ट  अफिसियल्स् ) हरुको एक समुहलाई भने हामी जुन जुन क्षेत्रमा अती आबस्यक छ त्यो त्यो ठाउँमा तुरुन्त  पर्खाल लगाउंदै छौ ।  हामीले बनाउने पर्खाल धेरै लामो र सगरमाथा चढ्न भन्दा गाह्रो हुने छ ।   
राष्ट्रपती ट्रम्पले फेबु्रअरी   मध्य देखी रायो ग्रान्डे भ्यालीमा २५ माईल्स लामो सिमेन्टको पर्खाल लगाउन सुरु गर्दै  छन् । पर्खालको टुप्पोमा १८ फिट अग्लो फलामको बार हुने छ ।  
अमेरिकी प्रहरीको एक निकाय सेरिफको एक समुहलाई सम्बोधन गर्दै ट्रम्पले भने– मैले बनाउने पर्खाल अग्लो बलियो हुने छ ।  मान्छेहरुले त्यो पर्खाल सजिलै फड्किन सक्न्ने छैनन् ।  बरु त्यो पर्खाल चढन भन्दा सगरमाथा चढन धेरै सजिलो होला  ।
No comment yet. Be the first one to comment.

जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग