९ बर्षिया बालिकाद्वारा आमासंग झगडा गरेर न्युयोर्कमा आत्महत्या

९ बर्षिया बालिकाद्वारा आमासंग झगडा गरेर न्युयोर्कमा आत्महत्या
 
न्युयोर्क 
 
न्युयोर्कको  एक अपार्टमेन्टमा ९ बर्षिया बालिका झुण्डिएको अबस्थामा मृत फेला परेकी छन् । न्युयोर्क स्थित प्रहरी श्रोतले घटनाको पुष्टी गरेको छ । शनिबार दिउसो ब्रोंक्स स्थित १७४ स्ट्रिटको रिभर हाऊस अपार्टमेन्टको आफ्नै कोठामा बालिकाको मृत शरीर फेला परेको हो । प्रहरीका  अनुसार आफ्नै खाटमा चडेर पेटीको पासो लगाएर झुण्डिएको अबस्थामा ति बालिकाको मृत शरीर फेला परेको हो । 
प्रहरीका अनुसार शनिबार बिहान सेल फोन धेरै प्रयोग गरेको बिषयमा आमाले कराउँदा ति बालिका र आमाको बीचमा भनाभन भएको  थियो ।छोरीसंग  फोनको बिषयमा झगडा परेको केहि समय भित्रै अविश्वासिलो खबरको साथ आमाले प्रहरीको  हनटिङ्ग लाईन  ९११ मा खबर गर्नु परेको थियो । श्रोतका अनुसार चिकित्सा सहयोगीहरु घटनास्थल पुग्न्नु भन्दा अगाडी बालिकाको आफ्नै दाईले सि पि आर पद्दति मार्फत उपचार गरेर बचाउने प्रयास गरेका थिए । चिकित्सा सहयोगीहरु आए पछि बालिकालाई सेन्ट बर्नाबस अस्पताल पुर्याईए पनि केहि समय पछि चिकित्सकले बालिकालाई मृत घोषित गरेका थिए । 
प्रहरीले बालिका तथा परिवारका सदश्यको नाम सार्बजनिक गरेको छैन । 
 
श्रोत: न्युयोर्क पोस्ट 
No comment yet. Be the first one to comment.

जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग