संसदमा ‘लुट्न सके लुटको’ विषयमा जुहारी

संसदमा ‘लुट्न सके लुटको’ विषयमा जुहारी
काठमाण्डाै
 
भ्रष्टाचार, बलात्कार, अनियमितताको विषयलाई व्यंग्यात्मक तरिकाले प्रस्तुत गरेका गायक पशुपति शर्माको लोकगीत ‘लुट्न सके लुट’ लाई लिएर संसदमा नेकपा र कांग्रेसका सांसदबिच जुहारी चलेको छ । पशुपति शर्माले नेकपा निकट विद्यार्थी संगठनको दबाब भन्दै युट्युबबाट गीत हटाईसकेका छन् । गीत हटाउन बाध्य पारिएको विषयमा साेमबारको संसदमा कांग्रेसले यो गीतलाई समर्थन गर्दै सरकारको विरोध गरेको छ ।
 
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले त सरकार एउटा रचना तथा संगीतबाट अत्तालिएको बताए । सांसद सिंहले सांसदका रुपमा आफूले पाउने फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ गायक शर्मालाई दिने घोषणा पनि गरेका छन् ।
 
प्रनितिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले लोक गायक पशुपति शर्माको गीत धम्की र दबाबमा प्रतिबन्धित गरिएकोप्रति आपत्ति जनाउँदै यसले सरकार गीतबाटै अत्तालिएको प्रष्ट भएको बताएका हुन् ।
 
यता, कांग्रेसका सांसद सिंहले पशुपति शर्मालाई २५ हजार दिने घोषणा गरेको केही समयपछि संसदको शून्य समयमा बोलेका सत्तारुढ नेकपाका सांसद झपडबहादुर रावलले कडा जवाफ दिए ।
 
सांसद रावलले सांसद सिंहले पशुपति शर्माको गीत गाएमा आफूले फागुन महिनाको पूरै तलब सिंहलाई नै दिने बताए ।
 
उनले भने, ‘पहिले–मलाई अमेरिका यहि, जापान पनि यहि भन्ने गीत गाएका पशुपति शर्माले अहिले लुट्न कान्छा लुट भन्ने गीत गाए छन् । उनको गीतमा राष्ट्रपतिको प्रशंग तथा कुकुर र यमराज जस्ता आपत्तिजनक शब्द छन् । यो गीत गाउने शर्मालाई आफ्नो तलबबाट २५ हजार दिने घोषणा गरेका माननीयले आफै गाएमा मैले फागुन महिनाको पूरै तलब उहाँलाई दिन्छु ।’
 
सांसद रावलले अघि भने, ‘पशुपतिनाथले त जोगाउन नसकेको कांग्रेसलाई यस्तो लुट कान्छा गीत गाउने पशुपति शर्माले जोगाउन सक्दैनन् ।’
 
सांसदका कुरा सुनेपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शर्माको गीतमाथि प्रधानमन्त्रीको निर्देशनमा प्रतिबन्ध लगाएको भन्ने सत्य नरहेको बताए । आफूले संसदमा दुई सांसदहरुले कुरा उठाएपछि मात्रै थाहा गीतबारे थाहा पाएको बताए ।
No comment yet. Be the first one to comment.

जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग