नेता तथा पत्रकार हत्या योजनाको आशंकामा एक अमेरिकी तटीय सेना हतियार सहित पक्राऊ

नेता तथा पत्रकार हत्या योजनाको आशंकामा एक अमेरिकी तटीय सेना हतियार सहित पक्राऊ
न्युयोर्क 
अमेरिकी तटीय सेनाका एक लेफ्टिनेन्ट गत शुक्रबार समुहगत हत्या गर्ने मनसायले संचित ठुलो संख्याको हतियार र लागु औषधी सहित पक्राउ परेका छन्।आफुले आफुलाई रास्ट्रबादि बताउने सिल्भर स्प्रिङ मेरिल्याण्डका ४९ बर्षीय क्रिस्टोफर  पाऊल हसनले बिपक्षी दल डेमोक्र्याटिकाका केहि नाम चलेका नेता तथा सी एन एन र एम एस एन बि सीका चर्चित पत्रकारहरुको सुचीसहित हत्या गर्ने मनसायले हतियार संचित गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।उनलाई गत शुक्रबार एफ बि आई फिल्ड अफिस मेरिल्याण्डका प्रतिनिधि र कोस्ट गार्डका अनुसन्धान प्रतिनिधिले संयुक्त रुपमा  पक्राऊ गरेका हुन्  ।हसन बिरुद्ध मेरिल्याण्ड स्थित संघिय जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको छ । 
समाचार एजेन्सीका अनुसार हसनको सुचीमा डेमोक्य्राटिक पार्टिका नेताहरु सभामुख न्यान्सी पेलोसी , कंग्रेस ओमेन  अलेक्जेण्ड्रिया ओकासा कोर्टेज , सेनेटर चक सुमर,सेनेटर कोरी बोकर ,सेनेटर रिचर्ड ब्लुमेंथल , सेनेटर कमला हेरिस र पूर्व रिप्रिजेण्टेटिब बेटो समेत छन् भने सी एन एनका पत्रकार डोन लेमन ,क्रिस कुमो ,भ्यान जोन छन् ।त्यस्तै एम एस एन बि सीका पत्रकार क्रिस हाईस ,अरि मेलबर र जो स्करबोरो समेत हसनले हिट लिस्टमा राखेको समाचार  एजेन्सीहरुले जनाएका छन् । पक्राउ परेका हसनले कम्पुटरमा माईक्रो सफ्ट एक्सलमा हिट लिस्ट तयार पारेर राखेको जनाईएको छ।अदालतमा पेस गरिएको सन् २०१७ को जुन महिनामा लेखिएको उनको  एक ड्राफ्ट  ईमेलमा अंग्रेजीमा भनिएको  छ " ड्रिमिङ्ग अफ ए ओए टु किल अलमोस्ट लास्ट पर्सन अँन द अर्थ "। समाचार एजेन्सीहरुका अनुसार उनले सोहि ईमेलमा लेखेका छन्" खानेकुरा आपूर्ति मार्फत जैविक आक्रमण गरिने "। उनलाई गत शुक्रबार राईफल सहित १५ फायर आर्म्स , एक हजार राउण्ड बारुद सहित अधिकारिहरुले पक्राऊ गरेका हुन्  उनि बिरुद्ध दर्ता गरिएको अदालतको पत्रका अनुसार हतियारको साथमा मेरिल्याडको स्प्रिंग फिल्ड स्थित हसनको आफ्नै घरको बेसमेण्टबाट थुप्रै स्टेरयिड र मानबिय वृद्धिमा प्रयोग गरिने हर्मोन समेत बरामद गरिएको छ ।
यस अगाडि अमेरिकी सेनामा ५ बर्ष काम गरिसकेका हसन सन् २०१६ देखि भने अमेरिकी तटीय सेनामा सेवारत छन् । 
No comment yet. Be the first one to comment.

जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग