आक्रमणकारीले निशानामा राखेकै बेला निवास सार्वजनिक गरिदिएको भन्दै सांसद कोर्टेजको आपत्ति

आक्रमणकारीले निशानामा राखेकै बेला निवास सार्वजनिक गरिदिएको भन्दै सांसद कोर्टेजको आपत्ति
न्यूयोर्क 
न्यूयोर्क १४ की हाउस अफ रिप्रिजेन्टेटिभ (सांसद) एलेक्जेन्द्रिया ओकासिया कोर्टेजले आफुलाई ज्यान लिने गरि निशानामा राखिएको सार्वजनिक भएकै बेला आफ्नो निवास सार्वजनिक गरि दिएर मिडियाले थप जोखिममा पारेको आरोप लगाएकी छिन् । कोर्टेज लगायत प्रभावशाली डेमोक्रेटिक नेता र लिवरल पत्रकारहरुको ज्यान मार्ने तयारी गरेको आरोपमा अमेरिकी तटिय सेनाका जवान क्रिष्टोफर पउल हसन पक्राउ परे लगत्तै कोर्टेजले मिडियाप्रति दुखेसो व्यक्त गरेकी हुन् । 
 
केही रिपब्लिकन पक्षधर कन्जरभेटिभ मिडियाले उनी वासिंटन डिसी स्थित फलानो अपार्टमेन्टमा विलासी शैलीले बसेको भन्दै बुधबार समाचार बनाएका थिए । त्यही दिन कोर्टेज सहित सिनेटरहरु चक स्हुमर, कोरी बुकर, रिचर्ड ब्लुमेन्थल, कमला ह्यारिस, पूर्व सांसद बेटो ओ’रोर्क, सिएनएनका पत्रकारहरु डन लेमोन, क्रिस कुम्बो, भान जोनस, एमएसएलबीसीका क्रिस हायस, एरी मेल्बर र जोए स्कारबोरोको हत्या योजना बनाएको आरोपमा पउल हसन पक्राउ परेको समाचार सार्वजनिक भएको थियो ।
 
आफुलाई स्वेत राष्ट्रबादी (ह्वाइट नेशनललिष्ट) भनेर चिनाउने हसनले खानेकुरा आपूर्ती मार्फत जैविक आक्रमण गरिने तयारी साथ इमेल ड्राफ्ट गरेको फेला परेको थियो । मेरिल्याण्ड स्प्रिङफिल्ड स्थित उनको घरको बेसमेन्टबाट दर्जन बढि शक्तिशाली राइफल र गोलीगट्ठा फेला परेको छ । 
No comment yet. Be the first one to comment.

जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग