नेकपाकाे एकता कि ए कता ? कार्यदल भंग, एकता प्रक्रिया झनै अन्याेलमा

नेकपाकाे एकता कि ए कता ? कार्यदल भंग, एकता प्रक्रिया झनै अन्याेलमा
काठमाण्डौ
 
नेकपा एकीकरण टुंग्याउन गठित कार्यदल भंग भएको छ । नेकपाको हालसम्म पनि जिल्ला तहसहित जनवर्गीय संगठनको एकता प्रक्रिया अस्तव्यस्त बनेको छ ।
 
एकीकरणको लागि भनेर गठित कार्यदलले तोकेको समयभित्र प्रतिवेदन तयार पार्न सकेन र नेकपाको स्थायी कमिटी बैठकले गठन गरेको कार्यदल सचिवालयले विघटन गरेको हो ।
 
शुक्रबार विहान बसेको सचिवालय बैठकले एकीकरणका बाँकी काम सवै सचिवालयलेनै गृहकार्य गरेर प्रस्ताव स्थायी कमिटीमा लग्ने निर्णय गरेको हो ।
 
अब एकीकरणका बाँकीकाम सबै सचिवालयले गर्नेगरी प्रस्ताव तयार पारिनेछ । कार्यदल भंगबारे जानकारी दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘साथै यसअघि बनेको कार्यदललाई धन्यवादसहित विदा गर्ने निर्णय भयो ।’
 
पौष १३ बनेको कार्यदललाई एकीकरणका बाँकी काम टुङ्ग्याउने गरी प्रस्ताव तयार गर्ने म्यान्डेट थियो ।
 
यसअघि बिहिबार कार्यदलका सदस्यहरु सहित बसेको बैठकमा कार्यदलले एक हप्ताको समय माग गरेको थियो । तर, प्रधानमन्त्री केपी ओली भने यसमा सकारात्मक थिएनन् ।
 
अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ ।
 
यसअघि बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो । बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यहरुले पनि म्याद थप्नुपर्ने धारणा राखेका थिए ।
 
तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए ।
 
शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्तावअनुसार निर्णय गरेको हो ।
No comment yet. Be the first one to comment.

जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग