सदनमा ३ मिनेट ढिला पुग्ने मन्त्रीलाई बिपक्षीले मगाए माफी

सदनमा ३ मिनेट ढिला पुग्ने मन्त्रीलाई बिपक्षीले मगाए माफी

टोकियो ।

जापानका एक मन्त्रीले सदन शुरू भएको ३ मिनेट ढिलो पुगेका कारण सार्वजनिक रुपमा माफी मागेका छन् । ओलम्पिक मन्त्रालयका मन्त्री योसिताका साकुरादा गत बिहिबार फेब्रुअरी २१ तारिकका दिन जापानको सदनमा ३ मिनेट ढिला उपस्थित भएपछि बिपक्षी दलका सदस्यहरुको चर्को बिरोध  पछि माफी माग्नु परेको हो । सन् २०२० मा जापानमा आयोजना हुँदै गरेको ओलम्पिक गेमको तयारी लगायतका बिषयमा थुप्रै जिम्मेवारी हुने हुँदा सदनमा तिन मिनेट ढिलो पुग्ने मन्त्रीबाट सम्भब नहुने भन्दै मन्त्री साकुरादाको चर्को आलोचना सुरु भएको छ ।  स्थानीय संचार माध्यमले गरेको सर्भे अनुसार अहिले मन्त्री साकुरादाको अलोकप्रियता ह्वातै बढेर ६५ प्रतिशत पुगेको छ ।

मन्त्री साकुरादाले यस अगाडि साईबर सुरक्षा मन्त्री हुँदा आफुले कम्प्युटर कहिल्यै नछोएको बताउँदा पनि बिबादमा परेका थिए ।

श्रोत: समाचार एजेन्सी

 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग