ट्रम्प सल्लाहकार स्टोनको सुनुवाई नोभेम्बरमा, म्यानाफोर्टलाई थप ४३ महिना जेल

ट्रम्प सल्लाहकार स्टोनको सुनुवाई नोभेम्बरमा, म्यानाफोर्टलाई थप ४३ महिना जेल
न्यूयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुराना हितैषी एवं पूव राजनीतिक सल्लाहकार रोजर स्टोन बिरुद्धको सुनुवाई वासिंटन डिसी स्थित संघीय अदालतले आउँदो नोभेम्बर पहिलो साता सुरु गर्ने भएको छ । तारिख धाउन बिहीबार अदालतका पुगेका स्टोनलाई नोभेम्बर पाँचबाट सुनुवाई सुरु हुने जानकारी न्यायाधिश एमी बरमन ज्याकसनले दिएकी थिइन् । अदालती रारिखका लागि भने अप्रिल ३० पनि उनले हाजिर हुनु पर्नेछ ।
 
स्टोनलाई सन् २०१६ निर्वाचनमा रसियन संलग्नताबारे झुठो बयान दिएको आरोपमा गत जनवरीमा फेडेरल ब्युरो अफ इन्भेष्टिगेसन (एफबिआई)ले गत जनवरीमा पक्राउ गरेको थियो । स्टोनले रसियन संलग्नताबारे आफुलाई केही जानकारी नभएको बताए पनि ट्रम्प क्याम्पेनलाई सघाउ पुग्ने गरि सरकारी सूचना चोरी एवं प्रकाशन गर्न विकिलिक्सलाई उनले सघाएको आरोप एफबिआईको छ । 
 
ढाडमा पूर्व राष्ट्रपति रिचर्ड निक्सनको टाटु खोपाएका स्टोन धुर्त राजनीतिक रणनीतिमा चतुर मानिन्छन् । एफबिआई पक्राउ पछि अदालतले धरौटीमा छोड्दा बाहिर निस्केर निक्सन शैलीको ‘भिक्ट्री संकेत’ देखाएर उनले सबैको ध्यान तानेका थिए । पछि आफ्नो मुद्दा हेरि रहेकी न्यायाधिशको तश्विरमा गोलीको निशानी संकेत गर्ने फोटो इष्टाग्राममा पोष्ट गरे पछि बिचाराधिन मुद्दाबारे सार्वजनिक टिप्पणी गर्न नपाउने गरि उनका बिरुद्ध ‘ग्याग’ आदेश पनि जारी भएको छ ।
 
उनी बिरुद्धको मुद्दाको फायलमा एफबिआई ९ टेराबाइट डेटा अदालतलाई बुझाएको कारण अध्ययनका लागि नौ महिना समय लिएर सुनुवाई सुरु गर्ने अदालतले जनाएको छ । तीन दिन अघि मात्र डिसी अदालतले नै ट्रम्पका पूर्व क्याम्पेन चेयरम्यान पउल म्यानाफोर्टलाई थप ४३ महिनाको जेल सजाय सुनाएको थियो । उनले यस अघि नै भर्जिनिया अदालतबाट ४७ महिनाको जेल सजाय पाइ सकेका थिए । यसरी म्यानाफोर्टले अब साढे सात बर्ष जेल बस्नु पर्ने भएको छ । अमेरिकी राष्ट्रपतिका पछिल्ला स्मरणीय निर्वाचनहरुमध्ये अपराधी प्रमाणीत भएर जेल जाने म्यानाफोर्ट पहिलो क्याम्पेन प्रमुख हुन् ।
No comment yet. Be the first one to comment.

लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग