नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिको सहयोग

न्यूयोर्क ।
नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले एम्बुसमा परी घाइते भएकी मीरा कटुवाललाई आर्थिक सहयोग गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरमा एम्बुसमा परी घाइते भएकी कटुवाललाई रु. एक लाख आर्थिक सहयोग गरिएको समितिले जनाएको छ । नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम सोमवार नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले कटुवाललाई हस्तान्तरण गरेका हुन् । हरिबोल भण्डारीको अग्रसरतामा नेपाल अमेरिका वेष्ट टेक्सस जनसम्पर्क समितिले सहयोग संकलन गरेको थियो । 
जनसम्पर्क समिति नेपाली काँग्रेस निकट संस्था हो । सहयोग हस्तान्तरण कार्यक्रममा काँग्रेस नेता सिंहले संविधानप्रदत्त प्रजातान्त्रिक अभ्यासअनुसार निर्वाचन हुँदै गर्दा कटुवालसहित काङ्ग्रेसका नेतामाथि आक्रमण हुनु प्रजातान्त्रिक प्रणालीमाथिको आक्रमण भएको बताए । प्रजातान्त्रिक पद्धतिलाई अगाडि बढाउन कटुवालले गरेको भूमिका सराहनीय रहेको नेता सिंहले बताए । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनावका क्रममा बम बिस्फोट गराएको थियो । घटनामा संलग्न दोषीलाई अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन । 
बम बिस्फोटबाट घाइते कटुवालले आफ्नो दुःखमा पार्टी र साथीभाइले गरेको सहयोगप्रति धन्यवाद दिएकी छन । ‘खुट्टा गुमाए पनि म सधैंभरि पार्टी र आम जनताको पक्षमा काम गर्नेछु’, उनले भनेकी छन् । उनले बम बिस्फोटमा परेर खुट्टा गुमाएकी छन् । विस २०७४ मङ्सिर १३ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटारकोे आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा दनुवारबेँसी गाउँमा भएको विस्फोटमा परी काङ्ग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित कटुवाल एम्बुसमा परेर घाइते भएकी थिइन् ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग