एनआरएनए अमेरिकाको निर्वाचन कार्यतालिका सार्वजनिक

एनआरएनए अमेरिकाको निर्वाचन कार्यतालिका सार्वजनिक
नेता चुन्न मे १८ र १९ मा मतदान  
 
 
अमेरिका ।
 
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नया नेतृत्व चयनका लागि आउदो मे महिनाको १८ र १९ गते विद्युतीय मतदान हुने भएको छ । एनआरएनए अमेरिकाको निर्वाचन गराउनका लागि  विश्वनाथ बरालको संयोजकत्वमा गठित निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिका  अनुसार मतदाताले अमेरिकाको पूर्वीय समय अनुसार मे १८ विहान  बजेदेखि १९ राती ११ वजेर ५९ मिनेट भित्र विद्युतीय मतदान गर्न सक्नेछन् ।
अनलाइन भोटिङ प्रणाली अपनाइएको मतदानका क्रममा संस्थाका सदस्यहरुले सदस्यता लिदा प्राप्त गरेको सदस्यता कोड र इमेलको प्रयोग गरी मतदान गर्न सक्ने व्यवस्था मिलाइएको जनाइएको छ ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचन समितिले मतदाताको पहिलो सूची अप्रिल ७ मा सार्वजनिक गरेको छ । कुनैं पनि दृष्टिकोणवाट क्रम नमिलाइएको अवस्थाको पहिलो सूची सार्वजनिक भएकोमा त्यसको आलोचना भएको  छ । सदस्यहरुले आफ्नो नाम खोज्न समेत असहज हुने गरी निकालिएको सूची अन्तिम मतदाता नामावली प्रकाशनको मिति अप्रिल १३ मा सुधार हुने अपेक्ष्ा गरिएको छ ।
मतदाता नामावली प्रकाशनसगैं अप्रिल १४ देखि १७ गते राती ११ वजेर ५९ मिनेट  भित्र विभिन्न पदका आंकाक्षीहरुले ती पदहरुमा अनलाइन मार्फत उम्मेद्वारी दाखिला गर्न सक्ने गरी तालिका सार्वजनिक भएको छ । कुनैं एक व्यक्तिले निर्वाचन हुने एक मात्र पदमा उम्मेद्वारी दिन मिल्ने गरी निर्वाचन समितिले सूचना जारी गरिसकेको छ ।
उम्मेद्वारको प्रथम नामावली अप्रिल २३ मा सार्वजनिक गर्ने, दावी विरोध पछि अप्रिल २७ मा अर्को उम्मेद्वारको नामावली प्रकाशित गरी उम्मेद्वारी फिर्ता समय दिई अन्तिम उम्मेद्वार नामावली मे ७ मा प्रकाशन गर्ने जनाइएको छ ।
उम्मेद्वारी दिनेहरुले अध्यक्ष पदका लागि २ हजार, वरिष्ठ उपाध्यक्ष पदका लागि १ हजार ५ सय,  नर्थ इष्टन, मिड वेष्ट, साउथ र वेष्ट क्षेत्र उपाध्यक्ष पदका  लागि १ हजार ३ सय, महासचिव पदका लागि १ हजार ५ सय, सचिव र कोषाध्यक्ष पदका लागि १ हजार, सह कोषाध्यक्ष पदका लागि ८ सय, युथ कोर्डिनेटर र महिला कोर्डिनेटर पदका लागि ७ सय, बोर्ड अफ डाइरेक्टर पदका लागि ७ सय, एनआरएनए आइसिसी मेम्वरका लागि १ हजार उम्मेद्वारी दाखिला शुल्क कायम गरिएको छ । यसैगरी,राज्य च्याप्टरका पदहरुमा उम्मेद्वारी दिनेहरुले अध्यक्ष पदका लागि ५ सय, उपाध्यक्ष र महासचिव पदका लागि ३ सय, कोषाध्यक्ष पदका लागि २ सय, युथ र महिला कोर्डिनेटरका लागि १ सय, बोर्ड मेम्वरका लागि १ सय डलर शुल्क बुझाउने पर्ने छ ।
 
यस पटक अमेरिका एनआरएनएको क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, इलिनोइस,इन्डियाना,आयोवा,कन्सास,केन्टकी,मेरिल्याण्ड,म्यासुच्युट्स,न्यू हेम्सपायर,न्यू जर्सी,न्यू मेक्सिको,न्यू योर्क, नर्थ क्यारोलिना,ओरेगन, टेक्सस, भर्जिनिया,वासिङटन र विसकोन्सिन राज्यमा राज्य च्याप्टर गठनका लागि निर्वाचन हुने जनँइएको छ ।
एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा १ अध्यक्ष्ँ, १ वरिष्ठ उपाध्यक्ष, १ महासचिव, १नर्थ इष्टर्न क्षेत्र उपाध्यक्ष,  १ मिड वेष्ट क्ष्ँेत्र उपाध्यक्ष, १ साउथ क्ष्ँेत्र उपाध्यक्ष,१ वेष्ट क्ष्ँेत्र उपाध्यक्ष, १ सचिव, १ कोषाध्यक्ष्, १ सहकोषाध्यक्ष, १ युथ कोर्डिनेटर, १ वेमन कोर्डिनेटर,१२ बोर्ड अफ डाइरेक्टर, ७ एनआरएनए अँइसिसी सदस्य, २० वटा राज्य च्याप्टरका लागि प्रत्येक राज्य च्याप्टरका लागि १ अध्यक्ष्, १ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ युथ कोर्डिनेटर, १ म्हिला कोर्डिनेटर र ५ बोर्ड मेम्वर मतदाताले चुन्नेछन् ।
मतदाताले दिएको मतको परिणाम मे २१ मा सार्वजनिक गर्ने र जुलाई ६ मा पदस्थापन कार्यक्रम गर्ने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
एनआरएनए अमेरिकाको वर्ष २०१९/२१ का लागि कार्यसमिति चयन गर्नका लागि निर्वाचन गराउनका लागि गठित निर्वाचन समितिको संयोजक विश्वनाथ वराल तथा सदस्यहरुमा कुल आचार्य, हेमराज भट्ट,खड्ग उप्रेती र बासु फुलारा रहेका छन् ।  
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग