श्रीमतीलाई सपनामा देखेँ भन्दै छोरीमाथि बलात्कार गर्ने बाबुलाई १६ वर्ष कैद

श्रीमतीलाई सपनामा देखेँ भन्दै छोरीमाथि बलात्कार गर्ने बाबुलाई १६ वर्ष कैद

काठमाडौं

जिल्ला अदालत काठमाडौंले छोरीलाई बलात्कार गर्ने एक बाबुलाई १६ वर्ष कैदको फैसला सुनाएको छ। काठमाडौंको  नागार्जुन नगरपालिका बस्दै आएका रामबहादुर परियारलाई अदालतले जबरजस्ती करणीमा ६ वर्ष र हाडनाता करणीमा १० वर्ष गरी १६ वर्ष सजाय गर्ने फैसला सुनाएको हो। 

जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले जेठी श्रीमतीबाट जन्मेकी छोरीलाई बलात्कार गर्ने उनलाई पहिचान खुलाएर सजाय गर्ने फैसला सुनाएको हो। पीडित परिवारलाई ३ लाख क्षतिपूर्ति दिनसमेत अदालतले भनेको छ। क्षतिपूर्ति तत्काल भर्न सक्ने पीडितको अवस्था नभएको भन्दै अदालतले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नाममा आदेश जारी गरेको छ। पीडितसँग पछि असुल गर्न सक्नेगरी सरकारले नै तत्काल क्षतिपूर्ति भराउनुपर्ने जिल्ला अदालतको फैसलामा उल्लेख छ। 

पहिलो पटक जिल्ला अदालत काठमाडौंले बलात्कारको मुद्दामा सरकारबाट क्षतिपूर्ति भराउने फैसला गरेको हो।

यस्तै अदालतले पहिलो पटक नै बलात्कार मुद्दामा आरोपितको नाम गोप्य राख्न आवश्यक नहुने फैसला सुनाएको छ। नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्तिलाई संकेतका भरमा सजाय गर्दा  लाभ उठाउने सक्ने देखिएकाले पहिचान खुलाउनुपर्ने अदालतको तर्क छ। पहिचान लुकाउँदा दोषी ठहर भएको व्यक्ति कुनै दिन संवैधानिक पदमा समेत पुग्न सक्ने अवस्था विद्यमान हुने देखिन्छ। 

श्रीमतीलाई सपनामा देखेको भन्दै छोरीमाथि पटकपटक बलात्कार
श्रीमतीलाई सपनामा देखेपछि आफूले यौन सम्पर्क गरेको तर छोरीमाथि बेहोसीमा बलात्कार हुन पुगेको परियारले जिल्ला अदालतको बयानमा स्वीकार गरेका छन्। उनले आफूले छोरी बलात्कार गर्ने कुनै नियत नभएको भन्दै आफूबाट गल्ती भएको बयानमा स्वीकारेका हुन्।

आफूले क्रिस्चियन धर्म मान्ने गरेको र मिर्गौलाको समस्या भएपछि उपचारका लागि काठमाडौं आएको परियारले बयान दिएका छन् । यस्तै, उनले छोरीले सधैं मोबाइल मात्र खेलाउने गरेको र आफूले गाली गरेको उनले बयान दिएका छन्। पटकपटक हराउने गरेको र पछिल्लो पटक हराएको केही दिनमा आफूविरुद्ध नै उजुरी दिएको बयान पनि परियाले दिएका छन्। उनले प्रहरी र अदालतमा दुई थरी बयान दिएका छन्। 

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग