क्विन्स कम्युनिटी बोर्ड– ५ को सदस्यमा ज्ञानल थापा

क्विन्स कम्युनिटी बोर्ड– ५ को सदस्यमा ज्ञानल थापा
न्यूयोर्क/अमेरिका 
न्यूयोर्क राज्यको क्विन्स कम्युनिटी बोर्ड–५ को सदस्यमा ज्ञानल थापा नियुुक्त भएका छन् । सन् २०१३ देखि न्यूयोर्कमा रहेर राजनीतिक र सामाजिक कार्यमा सक्रिय थापाले क्विन्सबोरो पे्रसिडेन्ट मेलिण्डा काजबाट नियुक्ती पाएका हुन् । हाल उनी न्युयोर्कमै नेभरहुड एड्भाइजरी बोर्ड–२ मा सचिब छन् । ६ वर्षदेखि अमेरिकामा बस्दै आएका थापा  राजनीतिसंगै व्यवसाय, सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । आफु सक्रिय रहेकाले नै कम्युनिटी बोर्डको सदस्य पदमा नियुक्ती पाएको उनले बताए । ‘यो नेपाली समुदायका लागि पनि गौरवको विषय हो’ उनले भने । 
डेमोक्रेटिक पार्टीकातर्फबाट क्विन्सबोरो प्रेसिडेन्ट र काउन्सिल म्यान संग नजिक रहेर काम गरे । नेपालको क्रियाशिल राजनीतिलाई यँहासम्म निरन्तरता दिँदै आफु अगाडि बढेको उनी बताउँछन् । नेपालीको बाक्लो बस्ती भएको न्युर्योक क्विन्स बोरोमा नेपाली मुलबाट हालसम्म ५ जना मात्रै यो पदमा पुग्न सफल भएका छन् । 
संघीय सरकार, राज्य सरकार र नगरबाट प्राप्त बजेटलाई विनियोजन गर्ने÷नगर्नेबारे निर्णय गर्ने, शान्ति सुरक्षा, विकास योजना बनाउने, प्रस्ताव बनाउने, स्थानीय सरकार र राज्य सरकारबीच पुलको काम गर्ने, लगायतका काम बोर्डले गर्ने गर्दछ । स्थानीय निकायसंग सहकार्य, गुनासो सुनुवाई तथा गुणस्तर नियन्त्रण तथा गुणस्तरीय सेवा उपलब्ध गराउने लगायतका काम गर्ने गर्दछ । 
न्युर्योक राज्य सरकारले रोटरी क्लब अफ न्युर्योक क्विन्सको अगुवाईमा ड्राइभिङ्ग लाइसेन्सको परिक्षा नेपाली भाषामा  दिन पाउने निर्णय गरिसकेको छ । हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा सार्वजनिक विद्यालयमा विदाको लागि राज्य सभामा प्रस्ताव लगिसकेको छ । भने न्युर्योक सिटी काउन्सिलले तिहारको अवसरमा न्युर्योकभित्र पार्किङ्ग निशुल्क बनाउने निर्णय गरिसकेको छ । ठूलो संख्यामा रहेको नेपाली समुदायबाट यस्तो नियुक्ती पाउँदा नगर र राज्य सरकारबाट आफ्नो समुदायको हितका लागि महत्वपूर्ण निर्णय गराउने अवसर प्राप्त हुनेछ । 
थापा नेशनल डेमोक्रेटिक पार्टी अन्तर्गत हिमालयन डेमोक्रेटिक क्लवमा उपाध्यक्ष छन् । सूचना प्रविधी क्षेत्रमा व्यवसाय गर्दै आएका थापा हाल रोटरी क्लव अफ न्युयोर्क क्विन्सको कार्यकारी सचिवको रुपमा कार्यरत छन् । रोटरी क्लवले धादिङस्थित चेपाङ बस्तीमा विद्यालय निर्माण र काठमाडौंमा पवित्र सेवा समाजले सञ्चालन गरेको बृद्धाश्रममा खाद्यन्न उपलब्ध गराउनुका साथै शौचालय निर्माणमा सहयोग गरेको थियो । 
 
No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग