नख्खु बिस्फोटका अभियुक्त भूजेल सर्बोच्चबाट छुटे लगत्तै पक्राउ

नख्खु बिस्फोटका अभियुक्त भूजेल सर्बोच्चबाट छुटे लगत्तै पक्राउ

काठमाडौं

गत फागुन १० गते एनसेलको नख्खुस्थित मुख्य कार्यालय अगाडि भएको बम बिस्फोटका मुख्य अभियुक्त सूर्य भूजेल सर्वोच्च अदालतबाट रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्।

कर्तव्य ज्यान, हातहतियार तथा बिस्फोट, संगठित अपराध र राज्यविरुद्धको अपराध मुद्दा चलाइएका भूजेललाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा रिहा गर्ने आदेश दिए पनि शुक्रबार प्रहरीले फेरि पक्राउ गरेको हो। समाचार स्रोतका अनुसार उनलाई काठमाडौं परिसरमै राखिएको छ।

बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अनिल सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले भूजेललाई थुनामुक्त गर्न आदेश दिएको थियो।

नख्खु बिस्फोटमा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो। बिस्फोटमा संलग्न रहेको आरोपमा भूजेललाई फागुन १५ गते कलंकीबाट महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरी मुद्धा चलाएको थियो। गत चैत २७ गते उनकी श्रीमती पितकुमारी भूजेलले प्रहरीले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट निवेदन दिएकी थिइन्।

विप्लव समूहलाई सरकारले फागुन २८ गते प्रतिबन्ध लगाएको घोषणा गरेको थियो।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग