ज्योतिषीहरूले भ्रम फैलाए : प्रधानमन्त्री

ज्योतिषीहरूले भ्रम फैलाए : प्रधानमन्त्री

बुटवल 

प्रधानमन्त्री केपी ओलीले ज्योतिषीहरूले सरकार परिवर्तनबारे अनावश्यक टिप्प्णी गरेर जनतामाझ भ्रम फैलाएको भन्दै रोष प्रकट गरेका छन् ।

उनले मुलुक समृद्धिको बाटोमा अगाडि बढेको देख्न नसक्नेहरुले ज्योतिषि प्रयोग गरेर सरकारविरुद्ध भ्रम फैलाएको आरोप लगाएका छन् ।

जितगढी विजय उत्सव दिवसको समारोहमा प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् ।

‘जनता भड्काउन सकिएन, चलाउन सकिएन भने दक्षिणाको लोभमा पारेर ज्योतिषिहरू लगाएर आज यो हुन्छ भोली यो हुने छ भनेर भविष्यवाणी गरेका छन् ’, उनले भने। राजनीतिक स्वार्थ पूरा नभएपछि ज्योतिषीलाई लोभ देखाएर भ्रमपूर्ण भविष्यवाणी गर्न उक्साएको उनको आरोप थियो ।

उनले आजको आवश्यकता अनूसार ज्योतिषीकहाँ नभई जनतामा जान पनि आग्रह गरे।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग