नेकपाका १० केन्द्रीय सदस्य जिल्ला अध्यक्ष र सचिवमा घटुवा

नेकपाका १० केन्द्रीय सदस्य जिल्ला अध्यक्ष र सचिवमा घटुवा

काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १० जना केन्द्रीय सदस्य जिल्ला अध्यक्ष र सचिवमा घटुवामा परेका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जिल्ला कमिटीको एकता घोषणा हुँदा हाल केन्द्रीय सदस्य रहेका १० जनामध्ये दुई जना अध्यक्ष र ८ जना सचिवमा घटुवा भएका हुन्। 

नेकपाभित्र तत्कालीन एमाले र माओवादी केन्द्रबीच जिल्लाको नेतृत्व बाँडफाँडको मापदण्ड बनाएर गरिएको थियो। जसमा माओवादी केन्द्रको भागमा परेका जिल्लामा तत्कालीन एमालेको अध्यक्ष जिल्ला सचिव हुने र तत्कालीन एमालेको भागमा परेका जिल्लामा माओवादीका अध्यक्ष सचिव हुने गरी जिल्ला कमिटीको एकता घोषणा गरिएको छ। 

जिल्ला कमिटीको एकता घोषणा हुँदा अहिले नेकपाको केन्द्रीय सदस्य रहेका तत्कालीन माओवादीका तर्फबाट ८ जना तथा तत्कालीन एमालेबाट २ जना जिल्ला कमिटीको अध्यक्ष र सचिवमा घटुवा हुन पुगेका हुन्।

एकतापछि घोषणा गरिएको सूची अनुसार हाल नेकपाको केन्द्रीय सदस्य रहेका विनोद ढकाल फेरि मोरङ जिल्ला अध्यक्ष र कृष्ण राई काठमाडौं जिल्ला अध्यक्ष बनेका छन्।  यसअघि राई काठमाडौं  र ढकाल तत्कालीन एमालेको मोरङ अध्यक्ष थिए।

यस्तै, केन्द्रीय सदस्यबाट सचिवमा घटुवा हुनेहरुमा दावा तामाङ (सिन्धुपाल्चोक),  डाचाराज वाग्ले (सर्लाही), युवराज भट्टराई (रौतहट), श्रवण यादव (धनुषा), हिमाल शर्मा (काठमाडौं),  शालिकराम जमरकट्टेल (धादिङ), दधिराम न्यौपाने (रुपन्देही) र प्रमोदनारायण यादव (सिरहा) छन् ।

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग