Archive for the ‘अर्थ’ Category

के को खुसी, के को दुखी, लोडिसेडिङ भोलिबाट १० घन्टा मात्रै

१० फागुन, काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले फेरि लोडसेडिङ घटाउने भएको छ । भोलिदेखि साविकको लोडसेडिङ घटाएर १० घन्टा बनाइने प्राधिकरणले जनाएको छ । लोडसेडिङका कारण उद्योग व्यवसायहरू बन्द हुँदै गएपछि ऊर्जाको माग घटेको र बढी चुहावट हुने क्षेत्रमा पाँच घण्टा बढी विद्युत् आपूर्ति बन्द गर्ने गरिएकोले लोडसेडिङको समय घटाउन लागिरहेको प्राधिकरणको भनाइ छ । भोलिदेखि सातामा ७५ घन्टा बत्ती जाने छ । Full story

लमजुङ महोत्सवमा हेलिकप्टर आकर्षक

९ फागुन, लमजुङ । देशभर मेला र महोत्सवको लहर चलिरहेको वेला लमजुङ सदरमुकाम वेसीशहरमा तेश्रो लमजुङ महोत्सव २०६८ संचालन भईरहेको छ । महोत्सवमा मुख्य आकर्षणको केन्द्रविन्दु हेलिकप्टर र हेलिकप्टर उडान बनेको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको लोकदोहोरी, रोईला, आधुनिक, पप, फिल्मी गीत र हाँस्य कलाकारहरुको विभिन्न प्रहसन, खेलकुद प्रतियोगिता संगै आयोजक लमजुङ उद्योग बाणिज्य संघले हेलिकप्टर चढेर जिल्लाका पर्यटकीय स्थलको भ्रमण गर्ने व्यवस्था मिलाएको हो ... Full story

सुनचाँदीको भाउ घट्यो, बजारमा अभाव भने कायमै

७ फागुन, काठमाडौ ।  सुन र चाँदीको भाउ आज पनि घटेको छ । शुक्रबारको भाउमा १ सय रुपैंयाले घटेर आज ५४ हजार रुपैंया तोलामा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यस्तै चाँदी पनि तोलामा ५ रुपैंया घटेको छ । आज चाँदी १ हजार ७५ रुपैंयामा किनबेच भईरहेको छ । तर, माग अनुसार आपूर्ति नहुँदा एक महिनादेखि बजारमा सुनको अभाव भएको ... Full story

निगमले अनुगमनलाई तिब्रता दिएको भनेपनि ग्यास अभाव जारी

७ फागुन, काठमाडौ । व्यापारीहरुले खाना पकाउने ग्यासको कृत्रिम अभाव गरेको भन्ने समाचार बाहीर आएलगत्तै केही दिनदेखि काठमाडौं र अन्य क्षेत्रका ग्याँस डिपो र उद्योगहरुको निगरानी गरिएको र अनियमितता गरेकाहरुलाई कारवाही गर्न लागको नेपाल आयल निगमले वताएको छ । तर वजारमा भने खान पकाउने एलपि ग्यांसको अभाव अझै पनि उस्तै रहेको छ । यसबारेमा आपूर्ति मन्त्री लेखराज भट्ट सम्मिलित टोली ... Full story

सहमती पछि त्रिशुली ३ ‘ए’ को काम सुचारु

७ फागुन, रसुवा । हिजो  रसुवाको ठूलोगाउँ ८ ठाडेखोला नजिक बाट ट्रिपर खसेर दुर्घटना हुदाँ ट्रिफर चालकको मृत्यु भए पछि दिनभर बन्द रहेको आयोजनाको काम सुचारु भएको छ । मृतकका आफन्तले बिभिन्न माग गर्दै हिजो दिनभर आयोजनाको काम बन्द गराएका थिए । माथिल्लो त्रिशुली ३ ए आयोजनाको सामान बोकेर पैरेबेसीबाट मैलुङ तर्फ जादै गरेको मालबाहक ट्रिपर ठुलोगाउँ गाबिस ८ ठाडेखोला नजिक कच्ची सडकबाट २०० ... Full story

‘सम्भावना पहिचान हाम्रो उद्देश्य, बढाऔँ लगानी बनाऔँ भविष्य’आजबाट सुरु

६ फागुन, काभ्रे । राष्ट्रपति डा. रामवरण यादव आज दिउँसो काभ्रेको पुलबजारमा मध्यमाञ्चल महोत्सव २०६८ को उद्घाटन गर्नु हुनेभएको छ । 'सम्भावना पहिचान हाम्रो उद्देश्य, बढाऔँ लगानी बनाऔँ भविष्य'भन्ने नाराका साथ आजबाट १० दिनसम्म महोत्सव चल्नेछ । काभ्रे उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा भइरहेको महोत्सवको दुई लाख आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने बताइएको छ । कृषि उपजका सामग्री, सूचना प्रविधि, पशुसेवा, खाद्यान्नलगायत १ सय ... Full story

पटिहानी पर्यटन महोत्सव सुरु, प्रचण्डले उद्घाटन गर्नुहुने

५ फागुन, चितवन । पश्चिम चितवनको पटिहानीमा आजदेखि पटिहानी पर्यटन महोत्सव सुरु ह'दैछ । पटिहानीको इतिहासमै पहिलो पटक हुन लागेको महोत्सवको मध्यान्ह १२ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अघि विभिन्न जातीको झाँकी सहितको शोभा यात्राले पटिहानी गाविसका विभिन्न क्षेत्र परिक्रमा गर्ने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन शत्रलाई पर्यटन तथा नागरिक उड्यनमन्त्री  लोकेन्द बिष्ट मगर, पर्यटन राज्यमन्त्री ... Full story

भारतबाट ४५ मेगावाट बिजुली ल्याइने

४ फागुन, काठमाडौ । उर्जामन्त्री पोष्टबहादुर बोगटीले भारतबाट एकवर्षभित्र एकसय ४५ मेगावाट बिजुली ल्याउने दाबी गर्नुभएको छ । नेपाल र भारतका जलस्रोत मन्त्रीहरूको संयुक्त आयोग जे एमसी डब्लुआरको बैठकमा सहभागी भई स्वदेश फर्कने क्रमममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा मन्त्री बोगटीले यस्तो बताउनु भएको हो । मन्त्री बोगटीले भारतसग पञ्चेश्वर विकास प्राधिकरण यथाशीघ्र गठन गर्ने सहमति भएको जानकारी दिनुभयो । उर्जामन्त्री बोगटीले सप्तकोशी उच्च बाध र सुनकोसी स्टोरेज तथा ... Full story

गोकर्ण फरेस्ट रिसोर्टको शेयर विक्रिमा रोक

४ फागुन, काठमाडौँ । सरकारले करार सर्त पूरा नगरेको भन्दै राजधानीको गोकर्ण फरेस्ट रिसोर्ट लिजमा चलाउँदै आएको विदेशी कम्पनीलाई सेयर बेच्न रोक लगाएको छ । पूर्व राजपरिवारको नाममा रहेको २ हजार ७ सय रोपनी जग्गामा फैलिएको गोकर्ण फरेस्ट रिसोर्ट सिंगापुरको एलएम सुविर ब्रदर्स कम्पनीले सन १९९५ मा ३० वर्षका लागि लिजमा लिएको थियो । पूर्वाजा वीरेन्द्रको नाममा रहेको उक्त रिसोर्ट २०६२-६३ को जनआन्दोलनपछि नेपाल ... Full story

तीन बुँदे सहमति गर्दै तातोपानी नाका सुचारु

४ फागुन, सिन्धुपाल्चोक । चार दिनदेखि तनावग्रस्त बन्दै ठप्प रहेको चीनसँगको नेपालको एकमात्र व्यापारिक नाका सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट सुचारु भएको छ । हिजो रातिबाट सुरु भएको वर्ता आज बिहान आएर सहमति जुटेपछि नाका सुचारु भएको हो । सीमा सुरक्षा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक विश्व कार्कीको सम्बन्धमा छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गर्ने, नाका तत्काल खुलाउने र ... Full story