Archive for the ‘खेलकुद’ Category

दक्षिण अफ्रिका र न्युजिल्याण्ड अन्तिम ट्वान्टी-ट्वान्टी क्रिकेटमा भिड्दै

१० फागुन, एजेन्सी । दक्षिण अफ्रिका  र न्युजिल्याण्डबीचको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी क्रिकेट आज अकल्याण्डमा हुदैछ । अफ्रिका र न्युजिल्याण्डविचको तीन ट्वान्टी ट्वान्टीको श्रृङ्खला १-१ को वरावरीमा रहेको छ । दुवै टोली आजको खेल जित्दै श्रृङ्खला आफ्नो पक्षमा पार्ने कसरतमा रहेका छन । न्युजिल्याण्ड व्रेण्डन म्याकुलमको कप्तानी तथा दक्षिण अफ्रिका एभि डेभिलियर्सको कप्तानीमा मैदानमा उत्रंदैछ । यसैविच न्युजिल्याण्ड वसाईका क्रममा दक्षिण अफ्रिकाले एक ... Full story

टेभेजले म्यानचेस्टर सिटीसँग माफी मागे

१० फागुन, एजेन्सी । विश्वका सबैभन्दा महंगा फुटबल खेलाडीमध्येका एक कार्लोज टेभेजले आफ्नो फुटबल क्लब म्यानचेस्टर सिटीसँग माफी मागेका छन् । यो सँगै लामो समयदेखि चलिरहेको विवाद पनि समाधान हुने अपेक्षा गरिएको छ । यो विवाद पछि क्लबको अनुमति बिना उनी तीन महिनाका लागि आफ्नो घर अर्जेिन्टना गएका थिए । गत वर्ष सेम्टेम्बरमा भएको च्याम्पियन्स लिगको एक म्याचमा सब्सिच्युड खेलाडीका रुपमा खेल्नलाई उनले अस्वीकार गरेको उनी ... Full story

टेबुल टेनिस संघ नवलपरासीमा नयां कार्यसमिती

१० फागुन, नवलपरासी । जिल्ला टेबुल टेनिस संघ नवलपरासीको  जिल्ला अधिबेशनले खेमलाल शर्मा जोशी को अध्यक्षतामा नयां कार्यसमिती चयन गरेको छ । नयां कार्यसमितीको उपाध्यक्षमा अमृत सिंह जिशी, सचिबमा शिब कुमार खड्का र कोषाध्यक्षमा मुकेश रंन्जीतकार रहनुभएको छ । अधिबेशनको एक समारोह बिच जिल्ला खेलकुद बिकास समिती नवलपरासीका अध्यक्ष डोलराज भण्डारीले आज एक समारोह बिच उद्घाटन गर्नुभएको थियो । Full story

तेश्रो सिमरा गोल्डकपको सेमीफाइनलमा हिमालयन र सहारा भिड्दै

१० फागुन, सिमरा । सिमरामा जारी तेश्रो सिमरा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु शुरु हुदैछन । आजको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा र सहारा क्लब आमने सामने हुंदैछन । सिमरा रंगशालामा दिउँसो साढे २ बजेहुने खेलमा दुबै टोली उच्च मनोबलका साथ मैदानमा उत्रदैछन । पूर्व विजेता हिमालयन शेपार्ले मजदुरसहिद स्मृति क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको थियो भने भने सहाराले एन्फा एकेडेमीलाई पाखा ... Full story

अन्तरकलेज फुटवलमा आज पनि २ खेल हुने

९ फागुन, चितवन । चितवनको भरतपुरमा जारी अन्तर कलेज नकआउट खुल्ला फुटबल प्रतियोगितामा आज पनि २ खेल हुने भएका छन् । वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको खेल मैदानमा हुने पहिलो खेलमा सप्तगण्डकी बहुमुखी क्यम्पस भरतपुर र अमर जनशक्ति पटिहानीबीच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । त्यस्तै आज हुने दोस्रो खेलमा बालकुकारी कलेज नारायणगढ र श्री मेडिकल कलेज भरतपुर भिड्ने भएका छन् । यसअघि हिजो भएको ... Full story

बुद्धिमानबाट एक लाखको अक्षयकोष

९ फागुन,  पाल्पा । कालीगण्डकी ग्रामीण पर्यटन बिकासका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले १ लाख रुपैंया बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । चापाकोट  सुन्तलीटार स्याङ्जामा भएको कालीगण्डकी गोल्डकप फुटवलखेल समापन कार्यक्रममा उहाँले चापाकोट खेलकुद विकास समिति चापाकोटलाई १ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो । विगतका समयमा कालीगण्डकी राष्ट्रिय नदिमहोत्सव, विभिन्न स्वास्थ्य शिवीर संचालन लगाएतका कार्यक्रम गर्दै कालीगण्डकी बेशि क्षेत्रमा बिकास योजना ल्याउने काम ... Full story

सहिद भीमनारायण गोल्ड कप फागुन २७ देखि

८ फागुन, धनकुटा । धनकुटामा प्रत्येक वर्ष संचालन हुदै आएको सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिता यसवर्ष यही फागुन २७ गतेदेखि चैत ४ गतेसम्म संचालन हुने भएको छ । प्रतियोगिताका संयोजक अशोक भगत श्रेष्ठको अध्यक्षतामा बसेको तयारी समितिको बैठकले २७ गतेदेखि प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगितामा बंगलादेश, नेपालका थ्रिस्टार क्लब, सुनसरी, मोरङ, झापा, बुटवललगायतका विभिन्न आठ टीम सहभागी हुने भएको ... Full story

सिमरा गोल्ड कपमा आज हिमालयनसंग मजदुर प्र्रतिस्पर्धा गर्दै

८ फागुन,बारा । तेस्रो सिमरा गोल्डकप फूटवल प्रतियोगिताको आजको खेलमा यती हिमालयन शेर्पा र मजदुर स्मृति क्लवबीच प्रतिस्पर्धा हुदैछ । बाराको सिमरामा जारी यी दुई टिम बीचको खेल अपरान्ह ३ बजेपछि शुरु हुने तालिका रहेको छ । यसअघि हिजोको खेलमा आरसिटी विजयी भएको थियो । आरसीटिले वीरगन्ज युथ एकडेमीलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलको यात्रा तय गरेको छ । Full story

अष्ट्रेलिया विरुद्धको आजको खेलनै सचिनको अन्तिम एकदिवसीय खेल

७ फागुन, एजेन्सी । त्रिकोणत्मक श्रृखला अन्तर्गत आज भारत र अष्ट्रेलियाबीच क्रिकेट म्याच हुँदैछ । फाइनल प्रवेशका लागि यो खेल आज दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । अष्ट्रेलियाको सिडनीमा खेलिने यो खेलमा भारतीय वयाट्सम्यान सचिन तेन्दुलकर आफ्नो एकदिवसिय खेलको सम्भवतः अन्तिम खेल खेल्ने छन । जुन खेल हेर्न दर्शकको निकै ठूलो भीड हुने अपेक्षा गरिएको छ । श्रृखलामा निकै राम्रो सुरुवात गरेको अष्ट्रेलियाले अंक तालिककामा दोस्रो स्थानमा ... Full story

तेस्रो सिमरा गोल्डपको सेमिफाइनलमा रानीपोखरी वीरगञ्ज युथको सामना गर्दै

७ फागुन, सिमरा । तेस्रो सिमरा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल खेलमा आज रानीपोखरी कर्नर टिम (आरसीटी)ले वीरगञ्ज युथको सामना गर्दैछ । यसअघि लालबन्दि फुटबल क्लबलाई ६-१ ले पराजित गरेको आरसीटी र मुनाल र्लाबलाई २-१ ले पराजित गरेको वीरगञ्ज युथबीच हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । हिजो भएको पहिलो क्वाटर  फाइनल खेलमा पोखराको साहरा फुटबल क्लव प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो । ... Full story