- Wednesday, February 22, 2012, 14:25
- समाचार
१० फागुन, काठमाडौ । भावि संविधान निर्माणको १४ औं पटक शंसोधित कार्यतालिका अनुसार विवादीत विषय आज टुंग्याइसक्नु पर्ने भएपनि विवादीत विषय नटुंगीने निश्चित भएको छ । बिबाद समाधान उपसमितिले आज सम्ममा बिबादीत बिषयमा सहमति कायम गरी संवैधानिक समितिमा अनुमोदन गर्ने समय यसअघि तय गरिएको थियो ।
पटक पटक विवादीत विषय टुंग्याउन संवैधानिक र विवाद समाधान उपसमितिको वैठक वसेपनि आज सम्म कुनै पनि बिषयमा सहमति ...
Full story
- Wednesday, February 22, 2012, 14:24
- समाचार
१० फागुन, काठमाडौ । भ्रष्टाचार गरी अकुत सम्पत्ती कमाएको पाइएपछि सर्वोच्च अदालतद्धारा कैद र जरिवानाको सजाय सुनाइएका मधेशी जनाधिकार फोरम गणतान्त्रीकका अध्यक्ष तथा संचार मन्त्री जय प्रकाशप्रसाद गुप्ताको कैद तथा जरिवानाका लागी बाकी प्रक्रिया आजको लागि स्थगित भएको छ ।
आज शेर्पाहरुको ल्योसार पर्वका कारण सार्वजनिक विदा परेका कारण सरकारी कार्यालयहरु बन्द हुने भएकाले वाँकी प्रक्रिया अगाडी नबड्ने भएको हो । गुप्तालाई अव जरिवाना ...
Full story
- Wednesday, February 22, 2012, 14:23
- समाचार
१० फागुन, विराटनगर । एकीकृत नेकपा माओवादीका सभाषद् सावित्रीकुमार काफ्ले मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते हुनु भएको छ । मोटरसाइकलको पछाडि बसेर धरान जाँदै गर्नुभएका काफ्लेलाई पछाडिबाट जिपले ठक्कर दिएको हो ।
गम्भीर घाइते काफ्लेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसके पछि थप उपचारका लागि अहिले विराटनगरमा रहेको न्यूरो अस्पतालमा लगिएको छ ।
सभासद् काफ्लेको टाउकोमा गहिरो चोट लागेको र खुट्टा भाँचिएको छ ...
Full story
- Wednesday, February 22, 2012, 11:56
- समाचार
१० फागुन, काठमाडौ । पार्टि अध्यक्ष जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचारी प्रमाणित पछि जेलचलान भएको अवस्थामा नेतृत्वविहीन बनेको मधेसी जनअधिकार फोरम गणतान्त्रिक पार्टिको भावि रणनितिवारेमा छलफलमा जुटेको छ । छलफलका लागी पार्टि केन्द्रीय सदस्यहरुलाई काठमाण्डौ डाकिएको छ ।
अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहरिएका पार्टी अध्यक्ष गुप्ता जेल चलान भएपछिको अवस्थाबारे छलफल गर्न आफ्ना केन्द्रीय सदस्यलाई काठमाडौं बोलाएको गणतान्त्रीकका नेता आत्मराम शाहले ...
Full story
- Wednesday, February 22, 2012, 11:55
- समाचार
१० फागुन, काठमाडौ । प्रधानमन्त्री डा.बाबुराम भट्टराई र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । पार्टी उपाध्यक्ष समेत रहनुभएका डा.भट्टराई अध्यक्ष प्रचण्डलाई भेट्न उहाँकै निवास लाजिम्पाट पुग्नुभएको थियो ।
भेटमा स्थायी समिति बैठक बोलाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
साथै शान्ति प्रक्रिया अन्र्तगत सेना समायोजनका विषय र संचार मन्त्री जेपी गुप्ता जेल चलान भएपछि ...
Full story
- Wednesday, February 22, 2012, 11:54
- समाचार
१० फागुन, काठमाडौ । नेपाल सरकारको निमन्त्रणामा मित्र राष्ट्र चीन र जापानका दुई मन्त्री नेपाल भ्रमणमा आउनुहुने भएको छ । सरकारको निमन्त्रणामा जनगणतन्त्र चीनका वन प्रशासनमन्त्री जिया झिबाङ चार दिने औपचारिक भ्रमणमा आज नेपाल आइपुग्दै हुनुहुन्छ ।
चिनिया मन्त्रीले आफ्ना नेपाली समकक्षि वन तथा भूसंरक्षणमन्त्री मोहम्मद वकिल मुसलमानसँग औपचारिक वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल–चीन संयुक्त वन कार्यदलको पहिलो बैठक पनि काठमाण्डौमा ...
Full story
- Wednesday, February 22, 2012, 11:51
- अर्थ, समाचार
१० फागुन, काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले फेरि लोडसेडिङ घटाउने भएको छ । भोलिदेखि साविकको लोडसेडिङ घटाएर १० घन्टा बनाइने प्राधिकरणले जनाएको छ ।
लोडसेडिङका कारण उद्योग व्यवसायहरू बन्द हुँदै गएपछि ऊर्जाको माग घटेको र बढी चुहावट हुने क्षेत्रमा पाँच घण्टा बढी विद्युत् आपूर्ति बन्द गर्ने गरिएकोले लोडसेडिङको समय घटाउन लागिरहेको प्राधिकरणको भनाइ छ । भोलिदेखि सातामा ७५ घन्टा बत्ती जाने छ ।
Full story
- Wednesday, February 22, 2012, 11:49
- समाचार
१० फागुन, काठमाडौ । हिमालि शेर्पा समुदायले धार्मिक एवं सास्कृतिक पर्व ग्याल्वो ल्होसार आज देश विदेशमा विविध कार्यक्रम सहित धुमधामसँग मनाईरहेका छन् । ल्हो भन्नाले वर्ष र सार भन्नाले नयाँ अर्थात नयाँ वर्षका रुपमा मान्यजनहरुबाट आर्शिवाद लिने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने गरिन्छ ।
यो पर्व फागुन शुक्ल प्रतिपदाका दिनदेखि १५ दिनसम्म मनाइने प्रचलन रहेको छ ।
यस पर्वमा पहिलो दिन घर, आँगन, ...
Full story
- Tuesday, February 21, 2012, 22:19
- समाचार
१० फागुन, चितवन । चितवनको चण्डीभञ्ज्याङमा एक जना युवालाई कुटपिट गरी हत्या गरेको आरोप लागेका एक जना हबल्दार सहित ५ जना प्रहरी निलम्वनमा परेका छन् ।
आईतबार बेलुका शिबरात्रिको लागि भन्दै पैसा उठाउदै हिडेको भन्दै प्रहरीले कुटपीट गर्दा स्थानिय युवा संघ का कार्यकर्ता रबिन गुरुङको ज्यान गएको थियो ।
निलम्वनमा पर्नेहरुमा प्रहरी हवल्दार दान बहादुर शाही, प्रहरी जवान गणेश सुनार, रामशरण सिलवाल, अजय क्षेत्रि र ...
Full story
- Tuesday, February 21, 2012, 22:08
- समाचार
९ फागुन, भोजपुर । भोजपुरको खावाबाट सदरमुकाम गइरहेको को.१ ख २५६६ नम्बरको बस गुप्तेश्वरमा दुर्घटना हुदा तीन जनाको मृत्यु, चार जना घाइते भएको छन ।
मृत्यु हुनेहरुमा भोजपुर गुप्तेश्वरका ४५ वर्षीया साबित्रा राई, गुप्तेश्वरकी ६० वर्षीय जनककुमार राई र धनकुटा लेगुवाका ६० वर्षीय राजन कार्की रहेका छन । आज रातिको ८ बजेतिर खावाबाट सदरमुकाम बजार तर्फ गइरहेको बस गुप्तेश्वर गाबिसमा पुग्दा दुर्घटना ...
Full story